धौलागिरि खबर

जलजला गाउँपालिकाको कार्यालय एक हप्ताका लागि बन्द

Beni Sanjibani

बेनी । पर्वतको जलजला गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित भएको छ ।

कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि थप फैलिन नदिन सेवा स्थगित गरेको हो । माघ १२ देखि १७ गते सम्मका लागि सेवा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्रेत्रीले जानकारी दिनुभयो ।

“कर्मचारीहरु संक्रमित भई आइसोलेशनमा उपचाररत रहेका तथा थप कर्मचारीहरुमा पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकाले जोखिम न्युनीकरणका लागि एक हप्ता सेवा स्थगन गरेका हौ,” उहाँले भन्नुभयो “गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु स्थगन गरेका छौ ।”

MMC Including add
Chadani auto head
Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...