लाम्पाटा–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए

Sinchai Khanipani notice

बाबियाचौर । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् ।

ठेकेदार सम्पर्कबिहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका थिए । पुर्बाधार बिकास कार्यालय म्याग्दीसँग मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी गत बैशाख महिनादेखि सम्पर्कबिहिन बनेपछि अलपत्र बनेको थियो ।

समाचार सार्वजनिक, सम्बन्धित कार्यालयको ताकेता र राजनीतिक तथा नागरिक दवाब सिर्जना भएपछि काम सूचारु भएको हो । हिमालयन बिल्डर्सलाई सहायक ठेकेदारको रुपमा पुष तेस्रो सातादेखि काममा पठाएको बिरुवा क्याराभानका प्रतिनिधी सोमनाथ गौचनले बताउनुभयो ।

Shreekrishna hardwear in news

“अधुरो कामलाई पुर्णता दिने गरी मजदुर र उपकरण परिचालन गरिएको छ,” उहाँले भन्नुभयो “सडक निर्माणलाई सहज बनाउन नदीजन्य निर्माण सामग्रीको सहज ब्यवस्थापन गरिदिन अनुरोध गरेका छौ ।”

बि.स.२०७६ जेठ ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा सकिनुपर्ने थियो । हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको यो आयोजनाको ठेक्काको म्याद आगामी चैत महिनासम्म थपिएको पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि सडक निर्माण रोकिएको थियो । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।

अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ । सडकमा थुपारिएको माटो, ढुङ्गा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको यातायात ब्यवसायी प्रमोद भण्डारीले बताउनुभयो । नाली, पर्खाल निर्माण र बिस्तार गरेर कालोपत्रे गर्न ६५ जना मजदुर, दुई वटा एक्साभेटर र दुई वटा टिप्पर परिचालन गरेको हिमालयन बिल्डर्सका सञ्चालक निरज भण्डारीले बताउनुभयो ।

Bhautik ministry notice about road

मजदुर र उपकरण थप गर्ने उहाँले बताउनुभयो । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक पुर्बाधार बिकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ ।

लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर सडकको बेनी देखि तातोपानी खण्ड बिस्तारको काम सकिएर कालोपत्रेको तयारी भएको छ । तातोपानी–देखि सिम खण्डमा बिस्तार, नाली र पर्खाल निर्माण शुरु गरेको लामा–समानान्तरका आयोजना ब्यवस्थापक राकेश सदाले बताउनुभयो ।

ठुलोखोलामा अस्थायी क्रसर स्थापना गरेर बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको बताउनुभयो । उहाँले नदीजन्य बस्तुको अभाव भएको बताउनुभयो । बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको छ ।

१२ किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने ठेक्का लिएको लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधीसभा सदस्य जिपछिरिङ लामाको तस्बिर सडकमा झुण्डाएर स्थानीयबासीले बिरोध जनाएका थिए ।

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ । चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामाग्री जुटाउन नसक्दा ढिलाई भएको हो ।

सिम–देखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्रे गर्न पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रु. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको पुर्बाधार बिकास कार्यालयका इञ्जिनियर गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।

ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोलेको थियो । १० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।

बि.स. २०६३ मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...