मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बगुवाखोलाको बगर अनुगमन

Sinchai Khanipani notice

बेनी । मापदण्ड र सम्झौता बिपरित उत्खनन् भएको बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरको सोमबार अनुगमन भएको छ ।

जिल्ला अनुगमन समितिको टोलीले सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित एक्साभेटर प्रयोग गरेर तोकिएको भन्दा गहिरो खाडल बनाएर उत्खनन् भएको बगरको स्थलगत निरिक्षण गरेको हो ।

स्काभेटर प्रयोग गरि नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन् गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढेको, राजस्व गुमेको, जलचरको बासस्थान र वातावरणमा असर पुगेको बिषयमा समाचार सार्वजनिक भएको थियो ।

Shreekrishna hardwear in news
बेनी नगरपालिका ५ बगुवाखोला स्थित म्याग्दी नदीमा एक्साभेटर प्रयोग गरेर बगर उत्खनन् गर्दै । तस्बिर धौलागिरी खबर

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालको नेतृत्वमा गएको अनुगमन टोलीमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ, कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, जिससका अधिकृत शालीग्राम पौडेल, प्रमुख अनुसन्धान अधिकृत बिजय पौडेल, पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्याल, ठेकेदार जुम्ली निर्माण कम्पनीका प्रतिनिधी रोहन श्रेष्ठ, जिल्ला प्रशासनका प्रतिनिधी लीलाबहादुर चोखाल र प्रहरी कार्यालयका चेतनाथ चपाई लगायत उपस्थिति हुनुहुन्थ्यो ।

बेनीमै रहेका अनुगमन समितिका सदस्य प्रजिअ चिरञ्जिबी राना र प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले कार्यब्यस्तता र स्वास्थ्यका कारणले आफु जान नसकेपनि प्रतिनिधी पठाएको प्रतिक्रिया दिनुभयो ।

Bhautik ministry notice about road

अनुगमन टोलीका सदस्य सचिब शालीग्राम पौडेलले बेनी नगरपालिकासँग भएको सम्झौता भन्दा गहिरो खाडल बनाएर तोकिएको भन्दा बढी परिणाममा ढुङ्गा, गिट्टि र बालुवा उत्खनन भएको पाइएको जानकारी दिनुभयो । “सतहदेखि ०.९० सेन्टिमिटर गहिराईसम्म उत्खनन गर्ने सम्झौता भएकोमा सरदर १ मिटर ७६ सेन्टिमिटर गहिरो बनाएको पाइयो,” उहाँले भन्नुभयो “बढी उत्खनन् गरेवापत के कारबाही गर्ने भन्ने बिषयमा अनुगमन समितिको बैठकले निर्णय लिन्छ ।”

सम्झौता अनुसार तीन हजार ७४२.२० घनमिटर उत्खनन् गर्नुपर्नेमा नौ हजार २५१.८८ घनमिटर उत्खनन् भएको अनुगमन समितिले तयार पारेको मुचुल्कामा उल्लेख छ । निर्माण कम्पनीका प्रतिनिधीले आफूहरुले उत्खनन् गरेको स्विकार गरेका थिए । बेनी नगरपालिकाले सम्झौताको शर्त बिपरित उत्खनन् भएको बिषयमा जिल्ला अनुगमन समितिलाई जानकारी सहित कारबाहीका लागि अनुरोध गर्दै गत पुष २७ गते पत्राचार गरेको थियो ।

जिसस प्रमुख देबेन्द्र केसीले भने माघ ७ गतेमात्र नगरपालिकाको पत्र प्राप्त भएको र अनुगमनमा गएको बताउनुभयो । अनुगमन टोली पुग्दा उपकरण र मजदुर बगरमा भेटिएनन् । नदीजन्य बस्तुको उत्खनन्मा एक्साभेटर लगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ ।

अबैध उत्खनन जफत गर्ने कार्यमा सहयोग पु¥याएवापत कुल आम्दानीको १५ प्रतिशत प्रोत्साहन उपलब्ध गराउने निर्णय सहित नगरपालिकाले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई जानकारी गराएर समन्वय समितिलाई पत्र पठाएको थियो । पत्राचार गरेको १३ दिनपछि जिल्ला सदरमुकाम बेनी देखि करिब चार किलोमिटर नजिक बेनी–दरबाङ सडकको छेउमै रहेको बगरको अनुगमन भएको हो ।

बगुवाखोला, अग्नीखेत, डम्मरा, जोगिगाडे, चुत्रेनी, बगुवाखोला, सर्जेनी, दधेखोला र घुमाउने सहित म्याग्दी नदीको ९ वटा बगरबाट १७ हजार ७६० दशमलब १५ घनमिटर नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि न्युनतम रु. ४३ लाख ८६ हजार ४६ दशमलब ६४ मूल्य राखेर ठेक्का आव्हान गरिएको थियो ।

रु. ४४ लाख कबोलेको बाग्लुङको जुम्ली निर्माण सेवाले पुष २३ गते सम्झौता गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार नगरपालिकासँग ठेक्का सम्झौता हुनुभन्दा एक हप्तादेखिनै उत्खनन् थालेका ब्यवसायीले नजिकै रहेको जिसी त्रसर उद्योगमा भण्डारण गरेर राखेका छन् ।

कम्पनीका प्रतिनिधी निराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य बस्तुको सहज आपुर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गर्नुभयो ।

“मजदुरबाट नदीजन्य बस्तु निकाल्न असम्भव भएकाले उपकरण प्रयोग गरेका हौ,” उहाँले भन्नुभयो “स्थानीय निर्माण योजनालाई प्राथमिकता दिएर ढुङ्गा, गिटी र बालुवा उपलब्ध गराएका छौ । सम्झौता बाहिर गएर उत्खनन् भएको छैन् ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...