नियम बिपरित निस्काशित बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकामा क्रियाशिल शिक्षक संगठनहरुले ताकम माबीले नियम बिपरित निस्काशन गरेका बिद्यालय कर्मचारीको पुर्नबाहलीको माग गरेका छन् ।

धवलागिरी–७ स्थित ताकम माबिको बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकको निर्णय अनुसार हालै बिद्यालय सहायक ताकमका धर्मराज सुबेदीलाई पदमुक्त गरेका थिए ।

Shreekrishna hardwear in news

पालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष प्रगति कार्की, नेपाल शिक्षक संघका धनबहादुर पुर्जा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेत्रलाल शर्मा र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जगबहादुर किसानले सोमबार संयुक्त प्रेस बिज्ञप्ति जारी गरेर कर्मचारी निस्कासनप्रति बिरोध जनाउनुभएको हो ।

Bhautik ministry notice about road

“निज धर्मराजलाई गरिएको कारबाही शिक्षा ऐन, नियम बिपरित छ,” बिज्ञप्तिमा भनिएको छ “एकातिर बिधी र पद्धतीको खिल्ली उडाउनुका साथै शिक्षक तथा कर्मचारीहरुको मनोबल गिराउने र स्वाभिमान माथी प्रहार भएको छ ।”

बिद्यालय ब्यवस्थापन समितिले सुबेदीलाई तत्कालै स–सम्मान पुर्नबाहली र गाउँपालिकाले अर्को कर्मचारी नियुक्त गर्ने अनुमति नदिन शिक्षक संगठनहरुले माग गरेका छन् । शिक्षक कर्मचारीहरुलाई असुरक्षित बनाउने यस्ता गतिबिधी रोक्न गाउँपालिकाले सहजिकरण गर्नुपर्ने पनि उनिहरुको माग छ ।

ताकमका सुबेदी ५ बर्षदेखी ताकम माबीमा बिद्यालय सहायक पदमा कार्यरत हुनुहुन्थ्यो । ताकम माबीका प्रअ ओमकार पौडेलले भने शिक्षक संगठनको बिक्षप्ति पुर्बाग्रहीपुर्ण भएको बताउनुभयो । “यस बिषयमा गाउँपालिकाको शिक्षा शाखाका अधिकृत सर आएर अध्ययन गरिरहनुभएको छ,” उहाँले भन्नुभयो “पिडित भनिएकालाई वास्ता छैन् । शिक्षक संगठनका साथीहरुले गरेको बक्तब्यबाजीले दुखित बनाएको छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...