मराङका कृषकलाई थ्रेसर र मिनिटेलर बितरण

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका कृषकहरुलाई सोमबार थ्रेसर र मिनिटेलर बितरण गरिएको छ ।

खेतीमा प्रबिधिको प्रयोग गरी लागत र श्रम घटाउने तथा उत्पादन बढाउने उद्देश्यले धान, गहुँ, कोदो चुट्न प्रयोग हुने थ्रेसर तथा खेतबारी खनजोत गर्ने यान्त्रिक हलो मिनिटेलर बितरण गरिएको हो ।

Bhautik ministry notice about road

राजाराम सुबेदीले पचास प्रतिशत अनुदानमा ११ वटा मिनिटेलर बितरण गरिएको जानकारी दिनुभयो । वडाको बजेटबाट पाँच वटा र गाउँपालिकाको बजेटबाट छ वटा मिनिटेलर बितरण गरिएको हो । गाउँपालिकाको कार्यक्रम अनुसार पचास प्रतिशत अनुदानमा चार वटा थ्रेसर मेसिन उपलब्ध गराइएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष सुबेदी, कृषि शाखा संयोजक आस्विन खत्री र प्राबिधिक रिता पुर्जाले थ्रेसर र मिनिटेलर बितरण गर्नुभएको थियो । यसैगरी मल्कवाङमा पनि दुई वटा थ्रेसर उपलब्ध गराइएको छ । गाउँपालिकाले अन्य वडामा पनि थ्रेसर र मिनिटेलर बितरण गरिने जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...