मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रेको तयारी

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट र वडा नम्बर २ मा पर्ने हाँडेभिर हुदै बगरफाँट जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ ।

सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट सडक कालोपत्रे गर्न लागिएको हो । सडक निर्माण कार्यमा ढिलाई हुँदा हिलो, धुलोले आजित बनाएको र दुर्घटनाको जोखिम बढेको भन्दै मंगलाघाटका बासिन्दाहरुले आन्दोलन गरेका थिए ।

बि.स. २०७५ माघ २२ गते देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु. पाँच करोड रुपैयाँमा ठेक्का लिएको एक किलोमिटर आठ सय मिटर दुरीको मंगलाघाट–हाडेभिर–बगरफाँट सडक योजना बि.स. २०७७ माघमा सकिनुपर्ने थियो ।

Shreekrishna hardwear in news

२०७५ साउनमै मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान गरेका निर्माण ब्यवसायीले कोरोनाको जोखिम, लकडाउन, भेरिएसन अर्डनमा भएको ढिलाई र पर्याप्त बजेट ब्यवस्थापन नहुँदा निर्माण प्रभावित भएको बताउदै आएका थिए ।

Bhautik ministry notice about road

देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीका प्रतिनिधि नारायण जिसीले सडक बिस्तार, नाली र पर्खाल निर्माण सकेर कालोपत्रे गर्न बेस बिछ्याएर रोलरले पेल्न थालेको जानकारी दिनुभयो ।

“गर्मी शुरु हुनेबित्तिकै अक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “कार्यालयले रु. एक करोड ४० लाखको बिल भुक्तानी गर्न ढिलाई गर्दा तनाब भएको छ ।”

आस्कपाल्ट प्रबिधीको कालोपत्रे गर्न गर्मी तापक्रम आवश्यक पर्छ । मंगलाघाट मंगला, मालिका र धवलागिरी गाउँपालिका तथा हाडेभिर भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको प्रवेशबिन्दु हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...