![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेब माबीमा चोरी भएको छ ।
बिद्यालयको कम्प्युटर ल्याबबाट आइतबार राती पाँच थान ल्यापटप चोरी भएको हो । झ्यालको भेन्टिलेशनबाट कोठाभित्र पसेर ल्यापटप चोरेर लगेका प्रअ दुतबहादुर गर्बुजाले बताउनुभयो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
चोरी भएका मध्य दुई थान चाइना फाउण्डेशन र एक थान पदमबहादुर पुर्जाले उपलब्ध गराएका ल्यापटप हुन् । चोरीमा संलग्नको खोजी भइरहेको प्रअ गर्बुजाले बताउनुभयो । महादेब माबीको कक्षा ४ देखि १० सम्म बि.स. २०६४ देखि कम्प्युटर बिषयको पठनपाठन हुदै आएको छ । बिद्यालयमा १३२ जना बिद्यार्थी छन् ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2021/11/Hari-auto-parts-1024x151.jpg)
![](https://dhaulagirikhabar.com/wp-content/uploads/2022/01/sadak-banda-beni-jomsom-sadak-1-1024x156.jpg)
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)