समाजकल्याणमा गोरख स्मृति दिवस

Gandaki Pardesh notice

मल्लाज । पर्वतको जलजला गाउँपालिका–२ को समाजकल्याण आधारभूत बिद्यालयमा शनिबार गोरखबहादुर लामिछानेको तेस्रो स्मिृति दिवस मनाइएको छ ।

पुर्ब शिक्षक लक्ष्मी केसी लामिछानेले स्वर्गीय ससुरा गोरखबहादुरको स्मृतिमा स्थापना गर्नुभएको रु. पचास हजारको अक्षयकोषबाट बिद्यार्थीहरुलाई पाच हजार ७७० रुपैयाँ बराबरको शैक्षिक सामग्री र पोशाक बितरण गर्नुभएको हो ।

सोही कार्यक्रममा मल्लाजका ब्यवसायी बबी जिसीले जन्मदिनको अवसर पारेर अभिभावक बिहिन एक बिद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र बिद्यालयलाई रु. पाँच हजार सहयोग गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाग्बिर दमाईको अध्यक्षता, जलजला २ का वडा अध्यक्ष गोबिन्द खत्रीको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस जलजलाका सभापति इन्दुप्रकाश पौडेलको बिशिष्ट आतिथ्यता, प्रअ डम्मरबहादुर जिसीको स्वागत र शिक्षक इन्द्र बिश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मल्लाज कोरिया समाजका पुर्ब अध्यक्ष बाबुराम कार्की, पुर्ब प्रअ ओमबहादुर जिसी, अमृत आदर्श प्याराडाइज एकेडेमिका प्रिन्सीपल इन्द्रबहादुर अधिकारी, नेकपा माओवादी केन्द्रका वडा नम्बर २ का अध्यक्ष रामबहादुर नेपाली र अक्षयकोषका संस्थापक परिवारको तर्फबाट सदस्य बबिता केसी लामिछानेले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...