भर्चुअल माध्यमबाट भयो म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा

Gandaki Ghumau

बेनी । म्याग्दी उद्योग बाणिज्य संघको २८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

कोरोना जोखिमका कारण साधारण सदस्यहरुको भर्चुअल उपस्थितिमा साधारणसभा गरिएको थियो । कार्यसमितिका पदाधीकारी र सदस्यहरुको भने भौतिक उपस्थिति थियो ।

Shreekrishna

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको साधारणसभाले महासचिब अमृत बानियाले प्रस्तुत गर्नुभएको प्रगति, कार्ययोजना र कार्यबाहक कोषाध्यक्ष नारायण जिसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन छलफल पछि पारित भएको छ ।

Gunasthariya Shiksya

संघका अध्यक्ष बेलबहादुर कटुवालको अध्यक्षतामा भएको साधारणसभामा नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठ, संघका पुर्ब अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, जिबनबहादुर बिश्वकर्मा, मानार्थ सदस्य नैनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति थियो ।

संघका बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले साधारणसभाको उद्घाटन कार्यक्रम समापन गर्नुभएको थियो । संघले पछिल्लो एक बर्षयता रु. एक लाख पचास हजार बराबरको कोरोना बिरुद्धको स्वास्थ्य सुरक्षा सामग्री बितरण गरेको, बाढी पहिरो प्रभाबितहरुलाई रु. चार लाख राहत बितरण गरिएको, रु. दुई लाख ४५ हजार ४५० खर्चेर सिसिटिभी मर्मत गरिएको, एक हजार ६१९ जना सदस्यहरुबाट रु. ३३ लाखको ब्यवसायिक हितकोषबाट ८८ जना सदस्यहरुलाई रु. २५ लाख ८५ हजार राहत बितरण गरेको छ ।

राजस्व तथा कर सहायता कक्षबाट एक हजार दुई सय सेवा लिएका, कालीपुलको पर्यटक सूचना केन्द्र नगरपालिकाको रु. एक लाख र संघको रु. बीस हजार खर्चेर मर्मत गरेको, कालीपुलमा शिवको मुर्ति स्थापना गरिएको, पाँच वटा स्थानीय तहमा बजार इकाई समिति गठन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...