सेटिङ मिलाएर बगुवाखोलामा मापदण्ड र सम्झौता बिपरित नदी दोहन

Gandaki Pardesh notice

सन्तोष गौतम

बेनी । बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरबाट मापदण्ड र सम्झौता बिपरित दोहन भएको छ ।

सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको सम्झौता बिपरित एक्साभेटर प्रयोग गरेर तोकिएको भन्दा गहिरो खाडल बनाएर उत्खनन् गरेका हुन् ।

Shreekrishna hardwear in news

स्काभेटर प्रयोग गरि नदीको धार परिवर्तन गराई ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन् गर्दा तटीय क्षेत्रमा बाढी, कटानको जोखिम बढ्नुका साथै जलचरको बासस्थान र वातावरणमा असर पुगेको छ ।

बेनी नगरपालिकाले सम्झौताको शर्त बिपरित उत्खनन् भएको बिषयमा जिल्ला अनुगमन समितिलाई जानकारी सहित कारबाहीका लागि अनुरोध गर्दै गत पुष २७ गते पत्राचार गरेको थियो ।

“उपकरणको प्रयोग गर्न नपाउने ठेक्का सम्झौताको शर्त उल्लङ्घन भएको छ,” नगर प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो “एउटा बगर उत्खनन भैसकेको छ । अनुगमन समितिबाट के भयोे ? बेखबर छौ ।”

नदीजन्य बस्तुको उत्खनन्मा एक्साभेटर लगायत ठूला उपकरण प्रयोग गर्न नपाउने कानुन छ । सतहदेखि ९२.९७ सेन्टिमिटर गहिराईसम्म उत्खनन् गर्न पाउने सम्झौता गरेपनि दुई देखि तीन मिटर गहिरो हुनेगरी खाडल बनाएर नदीजन्य बस्तु निकालेका छन् ।

अबैध उत्खनन जफत गर्ने कार्यमा सहयोग पु¥याएवापत कुल आम्दानीको १५ प्रतिशत प्रोत्साहन उपलब्ध गराउने निर्णय सहित नगरपालिकाले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई जानकारी गराएर समन्वय समितिलाई पत्र पठाएको थियो । पत्राचार गरेको १० दिन बितिसक्दा पनि जिल्ला सदरमुकाम बेनी देखि करिब चार किलोमिटर नजिक बेनी–दरबाङ सडकको छेउमै रहेको बगरको अनुगमन भएको छैन् ।

बगुवाखोला, अग्नीखेत, डम्मरा, जोगिगाडे, चुत्रेनी, बगुवाखोला, सर्जेनी, दधेखोला र घुमाउने सहित म्याग्दी नदीको ९ वटा बगरबाट १७ हजार ७६० दशमलब १५ घनमिटर नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि न्युनतम रु. ४३ लाख ८६ हजार ४६ दशमलब ६४ मूल्य राखेर ठेक्का आव्हान गरिएको थियो ।

Bhautik ministry notice about road

रु. ४४ लाख कबोलेको बाग्लुङको जुम्ली निर्माण सेवाले पुष २३ गते सम्झौता गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार नगरपालिकासँग ठेक्का सम्झौता हुनुभन्दा एक हप्तादेखिनै उत्खनन् थालेका ब्यवसायीले नजिकै रहेको जिसी त्रसर उद्योगमा भण्डारण गरेर राखेका छन् ।

कम्पनीका प्रतिनिधी निराजन खतिवडाले अलपत्र सडक आयोजनालाई आवश्यक नदीजन्य बस्तुको सहज आपुर्तिका लागि सरोकारवालासँग समन्वय गरेर उपकरणको प्रयोग गरेको दाबी गर्नुभयो ।

“मजदुरबाट नदीजन्य बस्तु निकाल्न असम्भव भएकाले उपकरण प्रयोग गरेका हौ,” उहाँले भन्नुभयो “स्थानीय निर्माण योजनालाई प्राथमिकता दिएर ढुङ्गा, गिटी र बालुवा उपलब्ध गराएका छौ । सम्झौता बाहिर गएर उत्खनन् भएको छैन् ।”

जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहेको अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, बन डिभिजन, कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख सदस्य छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले समितिका अध्यक्षको अगुवाइमा अनुगमन गर्ने चलन रहेको बताउनुभयो ।

“सदस्य भएपनि प्रजिअ भन्दा माथि जिसस प्रमुख संयोजक हुनुहुन्छ,” उहाँले भन्नुभयो “संयोजकलाइनै सोध्नुभयो भने बढी जानकारी आउला र प्रभावकारी होला ।” यसअघि गत साउन महिनामा तत्कालीन प्रजिअ गणेशबहादुर अधिकारी र सुरक्षा अधिकारीहरुले मात्र बेनपा–१ को कालीगण्डकी नदीको बगर क्षेत्र अनुगमन गरी अबैध रुपमा उत्खनन् भएको बालुवा जफत गरेका थिए ।

बेनपा–५ को बगुवाखोलामा प्रजिअ र सुरक्षा अधिकारीको टोली पुगेपछि मात्रै जिसस प्रमुखलाई बोलाइएको थियो । जिसस प्रमुख देबेन्द्रबहादुर कटुवालले बुधबार मालिका र मंगलाको बगर अनुगमनमा जाने क्रममा बगुवाखोलामा सडकबाटै हेरेपनि बगरमा डोजर नदेखिएको बताउनुभयो ।

“बाटोबाट हेर्दा खनेको देखिएपनि डोजर थिएन्,” उहाँले भन्नुभयो “नगरपालिकाकै प्राबिधिकहरु सहित बगुवाखोलाको बगर अनुगमनमा जाने योजनामा छौ ।” समितिलाई अबैध उत्खनन्मा प्रयोग भएका उपकरण नियन्त्रणमा लिएर जरिवाना तिराउने, सम्झौता बिपरित तोकिएको भन्दा गहिरो बनाएर उत्खनन् गरेको भेटिएमा जफत र मूल्याङ्कन गरी बढाबढमा लिलाम गर्न पालिकालाई सिफारिस गर्ने अधिकार छ ।

भिडियो रिपोर्टका लागि यो लिंक हेर्नुहोला

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...