बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द

Gandaki Ghumau

बेनी । बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि एक हप्ता (माघ १५) गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत १५ जना चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेका छन् ।

बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले एक हप्ताका लागि फिबर क्लिनिक (ज्वरोका बिरामी) र आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“जनशक्ति ब्यवस्थापन र भिड बढेकाले एक हप्ताका लागि ओपिडि सेवा बन्द गरेका हौ,” उहाँले भन्नुभयो “आकस्मिक र ज्वरोका बिरामीको उपचारलाई भने निरन्तरता दिएका छौ ।”

Gunasthariya Shiksya


५० शैया क्षमताको बेनी अस्पतालले हाल ६४ शैया बराबरको सेवा दिइरहेको छ । कोरोना संक्रमितको उपचारका लागि २० शैया क्षमताको एचडियु सहितको आइसोलेशन सञ्चालन गरेको छ । म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक एक सय जनाको हाराहारीमा सेवा लिने गरेका छन् । म्याग्दीमा हाल कोरोना भाइरसका सक्रीय संक्रमितको संख्या १५० जना पुगेको छ ।

शिक्षक र बिद्यार्थीहरुमा कोरोना संक्रमण देखिन थालेपछि बिहिबारदेखि जिल्लाभरका बिद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका थिए । रघुगंगा गाउँपालिकाको कार्यालयको अत्यावश्यक बाहेकको सेवा माघ १२ गतेसम्मका लागि बन्द भएको छ । प्राकृतिक तातोपानीका कुण्ड र धार्मिक स्थलहरु माघ महिना भरका लागि बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले पालिका अनुसार आलोपालो गरेर सेवा दिन थालेको छ ।

सहायक प्रजिअ धिरेन्द्रराज पन्तले कोरोना संक्रमण नियन्त्रणका लागि भिडभाड हुन नदिनका लागि अत्यावश्यक सेवा बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संघ–संस्था लगायत बिबिध सिफारिस सम्बन्धी सेवाका लागि पालो लगाइएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...