जिल्ला प्रशासन कार्यालय म्याग्दीको सेवामा आलोपालो

Gandaki Ghumau

बेनी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा प्रवाहमा आलोपालो प्रथा लागू गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बिहिबार सूचना जारी गर्दै माघ ५ गतेदेखि अर्को निर्णय नहुँदा सम्मका लागि पालिका अनुसार आलोपालो गरेर सेवा प्रवाह गरिने जानकारी गराउनुभएको छ ।

बेनी नगरपालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, मंगलबार र बिहिबार, रघुगंगा, मंगला र मालिका गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, बुधबार र शुक्रबार सेवा दिने समयतालिका बनाएको सहायक प्रजिअ पन्तले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि भिडभाड हुन नदिनका लागि अत्यावश्यक सेवा बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संघ–संस्था लगायत बिबिध सिफारिस सम्बन्धी सेवाका लागि पालो लगाइएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...