हिउँले गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध

Gandaki Pardesh notice

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अबरुद्ध भएको छ ।

लुलाङ हुदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क बिच्छेद भएको हो । वडा अध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अबरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइबस्तुको आवत जावत बन्द भएको बताउनुभयो ।

“पुष १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुषको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,” उहाँले भन्नुभयो “खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गम्भिर प्रकृतिका बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र संघीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभाबित भएको छ । गुर्जाको जनकल्याण माबीमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो ।

लुलाङ देखि गुर्जा पुग्न पुरै दिन जंगल, भिर र खोल्साको पैदलयात्रा गर्नुपर्छ । सडक नभएको गुर्जा पुग्न समुन्द्रि सतहदेखि तीन हजार २०० मिटर उचाइको देउराली डाडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ ।

यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकि प्रभाबित भएको छ । घरभित्रै आयो तापेर बसेका छन् । घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् । चरनका लागि जंगलमा लैजान सकेका छैनन् । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ ।

पुष १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शब भेटिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...