दोसल्लेबाट पचास लाखको सुन्तला निकासी

Gandaki Pardesh notice

दोसल्ले । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँबाट यस बर्ष रु. पचास लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ ।

पोखरा, चितवन र काठमाडौबाट आएका ब्यापारीले बगैचाबाटै प्रतिकिलोग्राम सरदर रु. ८० का दरले सुन्तला खरिद गरेका हुन् । दोसल्ले ब्यवसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार पाँच सय किलोग्राम सुन्तला निकासी हुँदा रु. पचास लाख गाउँमा भित्रिएको जानकारी दिनुभयो ।

“गत बर्ष रु. पच्चिस लाख बराबरको सुन्तला बिक्री भएको थियो,” उहाँले भन्नुभयो “नयाँ बिरुवा थपिएका, रोगकिराको समस्या कम र अनुकुल मौसमका कारण उत्पादन दोब्बरले बढ्यो ।” बिगतका बर्ष मंसिर महिनामै सुन्तला बिक्री गरिसकेका हुन्थ्ये । यसपाली बढी मूल्य पार्नका लागि पुषको अन्तिम सातादेखि सुन्तला टिपेर बजार पठाउन थालेका थिए ।

Shreekrishna hardwear in news

एक जना कृषकले रु. तीस हजार देखि रु. दुई लाख तीस हजार सम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । ब्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तला खेती भएको छ ।

Bhautik ministry notice about road

पन्ध्र हजार बोट मध्य करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । परम्परागत कोदो, मकै र गहुँ खेतीको बिकल्पमा सुन्तला खेती गरेको कृषक खगप्रसाद पाइजाले बताउनुभयो । बर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रु. पचास हजार भन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो ।

सडक यातायातको सुबिधा भएपछि बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् । दश बर्षअघि स्थानीय मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान शुरु भएको थियो ।

भिरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकुल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो । दोसल्लेमा सुन्तला खेती बिस्तारका लागि नयाँ बिरुवा बितरण, कृषकहरुलाई बगैचा र किरा ब्यवस्थापन सम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उहाँले बताउनुभयो ।

बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालिन कृषि बिकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवन समेत निर्माण भएको थियो । दोसल्लेका बासिन्दा समेत रहेकी अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले सिचाई सुबिधा र थप जमिनमा सुन्तला खेती बिस्तारमा जोड दिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...