बिदेशबाट फर्किएका पुर्णगाउँका राजु कृषि फार्मबाट स्वरोजगार

Gandaki Pardesh notice

बेनी । बिदेशबाट फर्किएका म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँका ४० बर्षीय ठहरबहादुर केसी (राजु) कृषि फार्मबाट स्वरोजगार बन्नुभएको छ ।

रोजगारीको खोजिमा सात बर्ष छ महिना कतार, अफगानिस्तान र मलेसियामा भौतारिएका केसीले तरकारी खेती र बाख्रापालन गरेर गाउँमै स्वरोजगार बन्नुभएको हो । “बार्षिक रु. चार लाख देखि पाँच लाख सम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो “अमेरिकाको भिसा लागेपनि अब बिदेश जाँदिन् ।”

तीन बर्षअघि स्थापना भएको केसी कृषि तथा पशुपंक्षी फार्ममा मौसमी र बेमौसमी तरकारी खेतीका साथै उन्नत बोयरको क्रस गरिएका बाख्रा पालिएका छन् । चार वटा पलास्टिक घरमा गोलभेडाका साथै पाँच रोपनी खुल्ला जमिनमा साग, बन्दा, काउली, केराउ, मुला, सिमी, मटरकोसा, खुर्सानी लगायत जातका तरकारी खेती गर्नुभएको छ ।

Shreekrishna hardwear in news

एक वटा बोयर जातको बोका र २० वटा बोयरको क्रस गरिएका बाख्रा छन् । छ वटा बाख्रा बिक्रीका लागि योग्य भएका केसीले बताउनुभयो । केसीले पलास्टिक घरभित्र लगाएको बिन्सरी जातको गोलभेडाबाट चार वटा याममा उत्पादन लिनुभयो । प्राय एक पटक लगाएको गोलभेडाबाट एक याम मात्र उत्पादन लिने गरिन्छ ।

Bhautik ministry notice about road

स्याहार सुसार राम्रो भएकाले उहाँले चार वटा यामसम्म तरकारी फलाउनुभएको हो । एकै याममा आठ हजार किलोग्राम गोलभेडा बिक्री गर्नुभयो । रु. पाँच लाख लगानीमा फार्म स्थापना गर्नुभएको थियो । पुर्णगाउँमा उत्पादन भएको तरकारी बाबियाचौर, कुहुँ र बेनीमा खपत हुने गरेको छ ।

यातायात सुबिधा भएकाले कृषि उपज बजार निकासी गर्न सहज भएको केसीले बताउनुभयो । उहाँ रोजगारीका लागि तीन बर्ष छ महिना कतार, दुई बर्ष छ महिना अफगानिस्तान र एक बर्ष छ महिना मलेसियामा बस्नुभएको थियो । बिदेशमा भन्दा परिवारसँगै बसेर गरेको कृषि ब्यवसायबाट सन्तुष्टि मिलेको केसीको अनुभव छ ।

फार्म स्थापनाका लागि कृषि ज्ञान केन्द्रले आर्थिक बर्ष २०७६÷०७७ मा मोडेल फार्म कार्यक्रम मार्फत रु. दुई लाख छ हजार अनुदान सहयोग गरेको थियो । केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले केसीले आफ्नै लगानीमा कृषि फार्मलाई निरन्तरता दिएका बताउनुभयो ।

“अनुदानको अलावा स्वलगानी गरेर केसीले कृषि फार्मलाई निरन्तरता दिनुभएको छ,” उहाँले भन्नुभयो “सरकारको सहयोगले प्रोत्साहन र हौसला प्रदान गरेको छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...