बेनी अस्पतालमा बच्चा वार्ड सञ्चालन

Gandaki Ghumau

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले बच्चा वार्ड (बच्चाको उपचार कक्ष) सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भवन लगायत पुर्बाधार र उपकरण जुटाएर पि सघन उपचार कक्ष (पिआइसीयु) सहितको बच्चा वार्ड सञ्चालनमा ल्याएको हो ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीन वटा पिआइसियु सहित आठ शैया क्षमताको बच्चा उपचार कक्षको सेवा शुरु भएको जानकारी दिनुभयो ।

Shreekrishna

“यसअघि अन्य उमेर समूहका बिरामीहरुसँगै राखेर बच्चाको उपचार हुदै आएको थियो,” उहाँले भन्नुभयो “अब बिरामी बच्चाहरुको उपचार बच्चा वार्डमा भर्ना गरेर हुन्छ ।”

Gunasthariya Shiksya

बच्चाहरुको उपचारलाई प्रभावकारी र ब्यवस्थित बनाउन तथा हेरचाहमा सहज हुने अपेक्षा गरिएको छ । यसअघि अस्पतालमा बच्चालाई न्यानो बनाउने वार्मर कक्ष मात्र थियो । अस्पतालका मौजुदा चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरेर बच्चा वार्ड सञ्चालन गरेको अध्यक्ष कटुवालले बताउनुभयो ।

बच्चा वार्ड सञ्चालनका लागि गत आर्थिक बर्षमा प्रदेश सरकारले भवन निर्माण र आइसियुका उपकरण खदिर गर्न बजेट बिनियोजन गरेको थियो । बि.स. २०७२ मा १५ बाट ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही बर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ । आकस्मिक, बहिरंग, कोभिड, बच्चा सहित ६४ शैया बराबरको सेवा दिइएको अस्पतालका प्रमुख चिकित्सक डाक्टर जितेन्द्र कडेलले बताउनुभयो ।

यसअघि अस्पतालले इन्डोस्कोपी, सघन उपचार कक्षा, डाइलासिस, शैयामै पाइपबाट अक्सिजन आपुर्ति गर्ने सुबिधा सहितको अक्सीजन पलान्ट, आँखा उपचार, दाँत उपचार, आफ्नै फार्मेसी, शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा उपलब्ध गराउदै आएको थियो ।

म्याग्दीका साथै पर्वत, बागलुङ र पर्वतका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । निर्माणाधिन पचास शैया क्षमताको भवनले पुर्णता नपाउँदा र दरबन्दि अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौति बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...