बरंजाको खर्कमा एकिकृत सामुदायिक भवन निर्माण

Beni Sanjibani

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।

मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष राजु थापाले पालिका र प्रदेश सरकारको रु. ३२ लाख अनुदान सहयोग तथा स्थानीयको रु. तीन लाख ९० हजार बराबरको श्रमदानबाट भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

Mangala Health notice

“भवन र खेलमैदान बनाउन स्थानीयबासीहरुले रु. छ लाख पचास हजारमा तीन रोपनी जग्गा खरिद गरेका थियौ,” उहाँले भन्नुभयो “गाउँपालिकाको रु. २७ लाख सहयोगमा सभाहल सहितको एक तले बहुउद्देश्यीय भवन बनाएका छौ ।”

प्रदेश सरकारको निर्बाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रमको रु. पाँच लाख अनुदानमा खेलमैदानमा तारजाली निर्माण भएको अध्यक्ष थापाले बताउनुभयो । आर्थिक बर्ष २०७५÷०७६ मा शुरु भएको आयोजना चालू आर्थिक बर्ष २०७८÷०७९ मा सम्पन्न भएको हो । खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिन्छ । सामुदायिक भवनको क्षमता ५० जना भन्दा बढीको छ ।

Aantarik mamila Bal Marry sambandi

सामुदायिक भवन र खेलमैदान निर्माण भएपछि खेलअभ्यास, प्रतियोगिता, भेला, छलफल, तालिम, गोष्ठि, सभा, समारोह, सांस्कृतिक आयोजना तथा सञ्चालन गर्न सहज भएको स्थानीयबासीले बताएका छन् । यसअघि बिद्यालय र ब्यक्तिका घरमा भेला, बैठक गर्नुपर्ने समस्या थियो ।

खेलकुद र अन्य कार्यक्रमका कारण बिद्यालयको शैक्षिक वातावरण प्रभाबित हुने समस्या खेलमैदान र एकिकृत सामुदायिक भवन निर्माणसँगै अन्त्य भएको छ । बिवाह, छेवार (ब्रतबन्ध), किरिया जस्ता संस्कारगत कार्य तथा भोज भतेरका लागि पनि सामुदायिक भवन उपयोगी बनेको छ ।

बिद्यालयमा खेलकुद र अन्य कार्यक्रम गरिदाँ पठनपाठन प्रभाबित हुने समस्याको अन्त्यका लागि मंगला गाउँपालिकाले ‘एक बस्ती, एक खेलमैदान र एकिकृत सामुदायिक भवन’को नीति अघि सारेको थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले हालसम्म १३ वटा एकिकृत सामुदायिक भवन निर्माण सम्पन्न र एक वटा निर्माणाधिन रहेको जानकारी दिनुभयो ।

थाइबाङ, भरजुला, हिदी, पैयुपाटा, भाइबाङ, सिमलचौर, पखेर, खर्क, आरबाङ, झाँक्रीपानी, कुरसिम्ला, पाखर्क र पिपलबोटमा एकिकृत सामुदायिक भवन निर्माण भइसकेको छ । वडा नम्बर ५ को किमचौरमा चालु आर्थिक बर्षदेखि भवन निर्माण शुरु भएको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...