सेनाको आयोजनामा नारच्याङमा स्वास्थ्य शिबिर

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार भएको निशूल्क स्वास्थ्य शिबिरबाट १६३ जना लाभान्वित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र बेनी अस्पतालसँग समन्वय गरेर अन्नपूर्ण गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर नारच्याङ स्थित कोरोना अस्थायी अस्पतालमा शिबिर आयोजना गरिएको थियो ।

१६३ जनालाई बालरोग, नेत्ररोग, दन्तरोग, स्त्रीरोग र भिडियो एक्सरे सम्बन्धी सेवा दिएको म्याग्दी स्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्मका गुल्मपति केशव सिलवालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बिरामीहरुको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण सम्बन्धी सेवा दिइएको थियो । नेपाली सेनाका बिशेषज्ञ चिकित्सक डाक्टर सुकृति मर्हजन, डा. सुलभ श्रेष्ठ, जितेन्द्र कडेल सहित अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

Bhautik ministry notice about road

नारच्याङ, दाना, भुरुङ–तातोपानी, घार, पाउद्धार, शिख, दोबा, हिस्तान लगायत बस्तीका बासिन्दाले सेवा लिएका थिए । शिबिरमा कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका बिषयमा सर्बसाधारणलाई सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

शिबिरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा लगायतको उपस्थिति थियो ।

यसअघि शनिबार मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा सेनाका चिकित्सकहरुको टोलीले सञ्चालन गरेको निःशूल्क स्वास्थ्य शिबिरबाट २६३ जना लाभान्वित भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...