लेतेमा सम्पन्न स्वास्थ्य शिबिरबाट २६३ जना लाभान्वित

Gandaki Pardesh notice

जोमसोम, मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा शनिबार सम्पन्न निःशूल्क स्वास्थ्य शिबिरबाट करिब २६३ जना लाभान्वित भएका छन् ।

थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिबिर आयोजना गरिएको थियो ।

Bhautik ministry notice about road

शिबिरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सिताराम कार्कीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

बिरामीहरुको स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण सम्बन्धी सेवा दिइएको थियो । नेपाली सेनाका बिशेषज्ञ चिकित्सक, जोमसोम अस्पताल, थासाङ गाउँपालिका र लेते प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो । टुकुचे, कोबाङ, लेते, कुञ्जो र घाँसाका बासिन्दाहरुले शिबिरबाट सेवा लिएका थिए ।

शिविरमा आएका बिरामीका लागि थासाङ गाउपालिकाले यातायात र खाना खाजाको व्यवस्था मिलाएको थियो । शिबिरमा कोरोना भाइरसको संक्रमणबाट जोगिने उपायका बिषयमा सर्बसाधारणलाई सचेतनामुलक कार्यक्रम गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...