बेनी अस्पतालको भवनका ठेकेदार काममा फर्किए

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी अस्पतालको निर्माणाधिन पचास शैया क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत बैशाख महिनादेखि रोकिएको भवन निर्माण कार्य यसै महिनाको दोस्रो सातादेखि सूचारु भएको हो ।

सम्बन्धित कार्यालयले धरौटी जफत गरेर कारबाही प्रक्रिया, नागरिक, राजनीतिक, प्रशासनिक र सञ्चार क्षेत्रबाट भएको दवाबका कारण ठेकेदार काममा फर्किएका बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

“चौतर्फि दवाब सिर्जना भएपछि ठेकेदार काममा फर्किएका हुन,” उहाँले भन्नुभयो “दैनिक ३०÷३५ जना मजदुरले काम गर्न थालेका छन् । भवन निर्माणले पुर्णता पाउने आशा पलाएको छ ।” बि.स.२०७३ मङसिर २१ गते महादेव खिम्ती–गल्वा–रफिना जेभीले सो भवन बनाउन रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna hardwear in news

चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन बि.स. २०७६ मंसिर २० गते निर्माण सक्ने लक्ष्य राखिएको थियो । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जिनियर बिरबल सुनारले हालसम्म बेनी अस्पतालको भवन निर्माणको प्रगति साठी प्रतिशत रहेको बताउनुभयो ।

सार्वजनिक खरिद ऐनको पछिल्लो संसोधन, कोरोना र आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण मार्फत थपिएको म्याद गत मंसिर २० गते सकिएको छ । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रबिन जोशीले लिनुभएको थियो ।

Bhautik ministry notice about road

तीन तला ढलान र पलास्टर भइसकेको भवनमा टायल राख्ने, रंगरोगन, बिद्युत, पानी र फर्निचर जडान लगायतका काम बाँकी छन् । कार्यालयले निर्माण निर्माण ब्यवसायीको घरौटी जफत गर्न बैंक र निर्माण ब्यवसायीलाई कालोसुचीमा राख्ने चेतावनी सहितको पत्र पठाएको थियो ।

साझेदारीमा काम गरेका तीन वटै निर्माण ब्यवसायीको लेनदेन बिवादले भवन निर्माण प्रभाबित भएको हो । भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बेनी अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलले बताउनुभयो । “५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौ” उहाँले भन्नुभयो “पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

१५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्गमैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

निर्माण कम्पनीका प्रतिनिधी जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गर्न पाएको बताउनुभयो ।

साझेदारी गरेका तीन वटा निर्माण कम्पनीको लेनदेन बिवाद अदालत पुगेको छ । अदालतको आदेश अनुसार कार्यालयले रु. दुई करोड भुक्तानी रोकेर राखेको छ । मजदुर, आपुर्तिकर्ता र सहायक निर्माण कम्पनीले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...