गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा बमबहादुर पुन

Gandaki Pardesh notice

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ को गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको सञ्चालक समितिको अध्यक्षमा बमबहादुर पुन चयन हुनुभएको छ ।

गलेश्वरमा शुक्रबार भएको आश्रमको दशौ कार्यकारी सभा तथा चौथो अधिबेशनबाट पुनको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन भएको हो ।

आश्रमको उपाध्यक्षमा टिकानन्द सुबेदी, सचिबमा लक्ष्मण चालिसे र कोषाध्यक्षमा गौमाया गर्बुजा चयन हुनुभएको छ । सदस्यहरुमा देबिबहादुर छन्त्याल, मनमति शेरपुञ्जा र हरिराम आचार्य रहनुभएको गलेश्वर शिवालय क्षेत्र बिकास कोषका कार्यालय सचिब राम बानियाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अधिबेशन र साधारणसभाको गलेश्वर शिवालय क्षेत्र कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष गौमाया गर्वूजाले आर्थिक बर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आश्रमका गत बर्षको कुल आम्दानी ६९ लाख ६६ हजार, ३ सय २२ रुपैयाँ र कुल खर्च १८ लाख ३६ हजार ८ सय २८ रुपैयाँ रहेको छ ।


जेष्ठ नागरिक आश्रमलाई गत आर्थिक वर्षमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रायलबाट रु ५ लाख ८९ हजार र सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश सरकार बाट १० लाख ५१ हजार सहयोग प्राप्त भएको अध्यक्ष बम बहादुर पुनले बताउनुभयो । उक्त बजेटबाट जेष्ठ नागरिकहरुलाई लत्ताकपडा, खाद्यान्न, तथा औसधि उपचार उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो ।


२०६७ सालदेखि संचालनमा रहेको जेष्ठ नागरिक आश्रममा हाल ४ पुरुष सहित ४८ जना जेष्ठ नागरिकहरुले आश्रय लिइरहेका छन । म्याग्दी, बाग्लुङ, पर्बत लगाएतका देशका विभिन्न जिल्लाका ६० बर्ष देखि ७५ बर्ष सम्मका जेष्ठ नागरिकहरु हाल आश्रममा बसिरहेका छन ।
आश्रमले १ जना कार्यालय सचिव र १ जना सहयोगी कर्मचारीको पनि ब्यबस्था गरेको छ । ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई उक्त सहयोगी मार्फत नुहाइदिने, कपडा धोइदिने लगाएत पुर्ण रुपमा हेरचाह गर्ने ब्यबस्था गरिएको पनि अध्यक्ष पुनले बताउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...