५८ हजार म्याग्देलीले कोभिडविरुद्धको खोप लगाए

Gandaki Ghumau

बेनी, पुस २८ गते । ५८ हजारभन्दा बढी म्याग्देलीले म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । गतवर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।
स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले हालसम्म ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको जानकारी दिनुभयो । जोनसन एन्ड जोनसन (एकपटक मात्रै लगाए हुने) समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए ।
जिल्लामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उहाँले बताउनुभयो । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् ।
जिल्लामा १८ वर्षमाथिका लक्षित जनसङ्ख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउने समेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Gunasthariya Shiksya


यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप अभियान सञ्चालन भएको छ । जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, उक्त उमेर समूहका १२ हजार ५४७ जना लक्षित जनसङ्ख्या रहे पनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने उनीहरुलाई आगामी माघको दोस्रो साता दोस्रो मात्राको खोप लगाउने तयारी गरिएको छ । उहाँले जिल्लामा खोप पर्याप्त रहेकाले छुटेका लक्षित समूहका नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरुले पहल गर्नुपर्ने बताउनुभयो ।
१८ वर्षमाथिका लक्षित जनसङख्यामध्ये अन्नपूर्ण गाउँपालिकामा ९५, रघुगङ्गामा ६०, धवलागिरिमा ७७, मालिकामा ७६, मङ्गलामा ७५ र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...