बेनीको नगरसभाबाट संसोधित बजेट पारित

Sinchai Khanipani notice

दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन

सजिना खड्का
बेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।

३०८ वटा पुर्बाधार सम्बन्धी योजना र १६२ वटा कार्यक्रमलाई रु. २३ करोड २६ लाख ८५ हजार बजेट बिनियोजन गरेको थियो । नगरउपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको दश वटा योजनाका लागि रु. असी लाख बजेट बिनियोजन गर्ने र १२ वटा योजना संसोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको हो ।

Shreekrishna hardwear in news

“दश वटै वडामा रु. आठ÷आठ लाखका दरले एक÷एक वटा योजनालाई बजेट बिनियोजन भएको छ,” बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भन्नुभयो “वडा समितिले सिफारिस गरेका आठ वटा, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक बिकासतर्फका दुई÷दुई वटा योजना शंसोधन भएको छ ।”

सभाले बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न रु. बीस लाख बिनियोजन गरेको छ । १ देखि १० नम्बर वडामा थप भएका योजनाहरुमा झयाप्रीखेत कुलो बग्ने ठाउँदेखि तल झ्याउले कालीगण्डकी किनारमा तटबन्ध निर्माण, भकुण्डेको वडा कार्यालय देखि बाबुराम दर्जीको पसलसम्मको सडक ढलान, भकिम्लीको दूधेखोला भकिम्ली सडक मर्मत, सिंगाको राजिकालो राक्सो बाजगरा मोटरबाटो स्तरोन्नति र पुलाचौरको भैसीखाल गोरेटोबाटो र नयाँगाउँ कुवापानी मोटरबाटो मर्मत रहेका छन् ।

यसैगरी डम्मरा बैकल्पिक खानेपानी परियोजना तथा पानीखोल्सा मर्मत, बेनीको दरबाङ बसपार्कको नाली ब्यवस्थापन र बेनी बजारको चक्रपथ ग्राभेल, घतानमा सामुदायिक भवन निर्माण, वडा कार्यालय प्रवेशद्धार रंगरोगन, महिला पुरुष शौचालय र पात्लेखेतको ठूलोखोलादेखि सिलढुङ्गा सम्मको मोटरबाटो स्तरोन्नति योजनालाई पनि रु. आठ÷आठ लाखका दरले बजेट बिनियोजन भएको छ ।

सभाले चालु तर्फको रु. ४५ करोड ८१ लख १० हजार र पुजिगत तर्फको रु. २४ करोड ९६ लाख ६१ हजार गरि कुल रु. ७० करोड ७७ लाख ७१ हजारको संसोधित बजेट पारित गरेको छ । हालसम्म चालुतर्फको रु. १६ करोड ८५ लाख चार हजार ६१० (३७.८५) र पुजिगततर्फ रु. दुई करोड ९५ लाख ३५ हजार ५३९ (१२.४८) प्रतिशत बजेट खर्च भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले प्रगति बिबरण प्रस्तुत गर्नुभयो ।

Bhautik ministry notice about road

यस बर्ष बजेट बिनियोजन भएका मध्य ३० वटा योजना सम्पन्न र ४३ वटा सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा रहेका छन् । कुल रु. चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुष २५ गतेसम्म रु. एक करोड ६९ लाख, २९ हजार ८४५ (४१.०९) प्रतिशत राजस्व संकलन गरेको छ ।

रु. दुई लाख भन्दा कम बजेटका योजना वडामै सम्झौता, रु. दश लाख भन्दा कम बजेटका योजना उपभोक्ता समिति र सो भन्दा बढी बजेटका योजना निर्माण ब्यवसायी मार्फत कार्यान्वयन गर्ने नीति लिएको नगरपालिकाले सडक, सिचाई, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माण सम्बन्धी आयोजनालाई प्राथमिकता दिएको छ ।

रावण पार्क, खुल्ला मञ्च बिस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकिकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पसचोक तथा मंगलाघाट भेलबाढी नियन्त्रण र तातोपानी कुण्ड ब्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना हुन् ।

ऋाबधिक योजना बनाएको र मध्यकालिन खर्च योजना तर्जुमाको क्रममा रहेको बेनी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ११ वटा मुद्दा मध्य दुई वटा फस्यौट भएको छ । युएनडिपीको सहयोगमा कोभिड १९ बिरुद्धको खोप दर्तालाई बिद्युतीय माध्यमबाट गरिएको र १९ हजार ८०८ जना नगरबासीलाई कोरोना बिरुद्धको पूर्ण खोप लगाइएको, बिपद्ले क्षति पुगेका ५७ घरलाई रु. ३२ लाख राहत बितरण र थप ३७ घर पुननिर्माणका लागि सिफारिस गरेको छ ।

एक हजार ५०० पशुको उपचार, १७१ कृषकलाई घाँसको बिउ बितरण, ९० जना नया उद्यमी सिर्जना र ५० जना नयाँ उद्यमी सिर्जना गर्ने लक्ष्य रहेकोमा ५० जनालाई तालिम दिइएको, ५०४ जनालाई रोजगार दिन २१ वटा योजना छनौट र एक वटा सम्पन्न भएको छ । दोस्रो चरणमा शिक्षक दरबन्दी मिलान, न्यायिक समितिलाई आठ दिने तालिम, दुई वटा जेष्ठ नागरिक र अपाङ्गता परिचयपत्र बितरण कार्यक्रम गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...