म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने

Gandaki Ghumau

बेनी । म्याग्दीका बिद्यालय तत्काल बन्द नहुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीबी रानाको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्लाभित्र कोरोना संक्रमतिको संख्या न्युन भएकाले तत्काल जनस्वास्थ्यका मापदण्डलाई पालना गदैं विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्लाका सबै ६ वटै स्थानीय तहमा विद्यालयमा जनस्वास्थ्य सहित कोरोना सम्बन्धित मापदण्डको पालना गदैं विद्यालयलाई नियमित सञ्चालन गर्ने निर्णय भएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘तत्काल विद्यालयलाई नियमित सञ्चालन गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ‘कोरोनाको संक्रमति भेटिएका विद्यालयलाई मात्रै बन्द गरिने छ ।’ बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवाल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरीकी अध्यक्ष थमसरा पुन, मंगलाकी उपाध्यक्ष सिर्जना केसी, मालिकाकी उपाध्यक्ष खरमायाँ विटालु र अन्नपूर्णकी उपाध्यक्ष केशमाया मगरले स्थानीय तहको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

स्थानीय तहमा तत्काल विद्यालय बन्द भन्दा पनि चेतनामुलक अभियानलाई प्राथमिकता दिन जनप्रतिनिधि सहित सरोकारवाला निकायले सुझाव दिएपछि डिसिसिएमसीले नियमित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई विद्यालयमा खोप लगाउने अभियान जारी रहेकाले अभियान नै प्रभावित हुने अवस्था देखिएकाले तत्काल विद्यालय बन्द नगरी खोप अभियानलाई नै प्राथमिकता दिनुपर्नेमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले समेत सुझाव थियो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष देबेन्द्र केसी, नेपाली कांग्रेसका सचिव हिरा पुन, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, जिल्लास्थित सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रमा प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...