म्याग्दी क्याम्पसको सञ्चालक समितिद्धारा पदभार ग्रहण

Gandaki Pardesh notice

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिका पदाधीकारी र सदस्यहरुले मंगलबार पदभार ग्रहण गरेका छन् ।

३१ औ वार्षिकोत्सब तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष सोमनाथ ढुङ्गाना लगायत पदाधीकारी र सदस्यहरुलाई निबर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले निर्णय पुस्तिका हस्तारण गर्दै जिम्मेवारी सुम्पिनुभएको हो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सबैसंग सहकार्य गरेर क्याम्पसको आर्थिक, भौतिक, शैक्षिक क्षेत्रलाई मजबुद बनाउने प्रतिवद्धता जनाउनुभयो । आगामी दिनमा क्याम्पसमा संचालन हुने सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयको कक्षा संचालनको लागि आवश्यक पुर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने समेत बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समितिको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ(दिपु), कोषाध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ । समितिको सदस्यहरुमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ, अजयमिलन श्रेष्ठ, क्याःमिनबहादुर कार्की, सन्तोष रावल, किरण सापकोटा, दिपक कार्की र देउ प्रसाद छन्त्याल रहनुभएको छ ।

बिश्व विद्यालय अनुदान आयोगबाट (क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यसअगाडी स्नातकोत्तर तहको व्यवस्थापन संकायमा समेस्टर तथा यसबर्ष देखि बिएडमा बार्षिक प्रणालीमा विज्ञान शिक्षा र शिक्षाशास्त्रतर्फ स्नातक तहमा विज्ञान र सूचना तथा प्रविधि शिक्षा (बीआईसीटीई) विषयमा अध्यापन गराउने तयारी गरेको छ ।

२०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल दश जोड दुई र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पढाई हुँदै आइरहेको छ भने करिब १४ सयजना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...