बेनीमा पृथ्बी जयन्ति र एकता दिबस मनाइयो

Sinchai Khanipani notice

सजिना खड्का

बेनी, । बेनीमा मंगलबार ३०० औ पृथ्बी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको आयोजनामा ¥याली र समारोहको आयोजना गरेर दिबस मनाइएको हो ।

राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य कुलबहादुर गुरुङ (कुलु)ले राष्ट्रनिर्माणमा पृथ्बीनारायण शाहको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

राप्रपाका केन्द्रिय सदस्य तथा पुर्बराज्यमन्त्री भिमप्रसाद गौचन, केन्द्रिय सदस्य रामबहादुर शाही, गण्डकी प्रदेश सदस्य एकेन्द्रबहादुर रावल, बिश्व हिन्दु महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद शर्मा, राप्रपा स्याङजाका उपाध्यक्ष भुलबहादुर गुरुङले इतिहास बचाउनुपर्ने बताउनुभयो ।

इतिहाँसलाई बिर्सन नहुने र संरक्षण गर्नुपर्नेमा राज्यले बिभेद गरेकोमा उहाँहरुले गुनासो गर्नुभयो । राप्रपा म्याग्दीका सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको स्वागत मन्तब्य र राप्रपाका जिल्ला सदस्य देबेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पृथ्बीनारायण शाहको तस्बिरलाई बाजागाजा र ¥याली सहित बेनी बजार परिक्रमा गरेर थकाली सेवा समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

Bhautik ministry notice about road

सो अवसरमा राप्रपाको हालै भएको महाधिबेशनबाट केन्द्रिय सदस्यमा मनोनित भिमप्रसाद गौचन, निर्बाचित केन्द्रिय सदस्य रामबहादुर शाही, गण्डकी प्रदेश सदस्य एकेन्द्रबहादुर रावल र टोपबहादुर कार्कीलाई सम्मान र बधाई ज्ञापन गरिएको थियो ।

३०० वर्षअघि बाइसे र चौबिसे राज्यहरूका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो । जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो । आधुनिक नेपालको संरचना, सपना, स्वीकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ ।

यी राजालाई नेपाल मात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।

विक्रम संवत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नर भूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पन्जाबदेखि सिक्किमसम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...