बैंकका पाँच कर्मचारीलाई कोरोना संक्रमण

Sinchai Khanipani notice

बेनी । नेपाल बैंक लिमिटेडको बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएका उनिहरुको बेनी अस्पतालमा नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएकोमा थियो । सोमबार सार्वजनिक रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

अन्य कर्मचारीको नमुना संकलन गरि परिक्षणको लागि पठाईएको छ । बैंकको अतिआवश्यक बाहेकका सेवा बन्द गरिएको छ । सिमित कर्मचारीले स्वास्थ्य मापदण्ड पालना गरेर राजस्व लगायतका काम मात्र गरेको शाखा प्रबन्धक मोहन लामिछानेले बताउनुभयो ।

Shreekrishna hardwear in news

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जिल्लामा कोरोना संक्रमण बढ्न थालेकाले छलफलका लागि मंगलबार डिसिसिएमसीको बैठक बोलाएको बताउनुभयो । शिक्षा मन्त्रालयले आगामी माघ १५ गते सम्म कक्षा १० सम्मको पठनपाठन हुने बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
म्याग्दीमा के गर्ने भन्ने निर्णयका लागि मंगलबार छलफल गर्न बैठक बोलाएको उहाँले बताउनुभयो । प्रजिअ रानाले स्वास्थ्य मापदण्ड पालना सम्वन्धी, जिल्ला र स्थानीय तहमा रहेका स्वास्थ्य पुर्वाधारको तयारी र खोप लगाउन छुटेका ब्यक्तिलाई खोप लगाउने विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...