मुनामा क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी क्याम्प

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार क्षयरोग सम्बन्धी अभिमुखीकरण र माइक्रोस्कोपी शिबिर सम्पन्न भएको छ ।

क्षयरोगी पहिचानका लागि ४२ जनाको खकारको नमुना संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संकलित खकारको नमुना क्षयरोग परिक्षण प्रयोगशालामा पठाइने स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले बताउनुभयो ।

Bhautik ministry notice about road

संयोजक कार्की, सहसंयोजक तथा मुना स्वास्थ्य चौकीका प्रमुख अनिषा आचार्य, जुनेली मल्ल, ल्याबका प्राबिधिक बासुदेब आचार्य, लगायतको टोलीले खकार संकलन गरेको थियो । महिला स्वास्थ्य स्वमसेविकाहरुलाई क्षयरोग न्युनीकरण सम्बन्धी अभिमुखीकरण पनि गरिएको थियो ।

Shreekrishna hardwear in news

हरेक बर्ष देशका बिभिन्न ठाउँमा खकारको नमुना संकलन र परिक्षण गरि क्षयरोगीको अवस्था पहिचान गरिदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...