असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

Gandaki Pardesh notice

बेनी, असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका– ३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मंगला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।

बर्षात सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तलाजात फलफुल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । हिँउदे आलु, गहुँ र जौको बोट ढलाएर, पात चुटेर छिया छिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैचाको सुन्तला निकासी भएपनि केही मात्रामा सुन्तला टिपेर बजार पठाउन बाँकी थियो ।

Shreekrishna hardwear in news

हिउँ पर्नेुको साटो बेमौसममा असिना परेकोमा कृषकहरुले अनौठो मानेका छन् । क्षतिको बिबरण संकलन र राहतको ब्यवस्थाका लागि स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...