देबेन्द्र कटुवाल एमाले म्याग्दीको अध्यक्षमा चयन

Gandaki Pardesh notice

बेनी, नेकपा एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्रबहादुर कटुवाल चयन हुनुभएको छ ।

बेनीमा आइतबार सम्पन्न नवौ जिल्ला अधिबेशनले कटुवालको अध्यक्षतामा सर्बसम्मत पदाधीकारी र सदस्यहरु चयन गरेको हो । उपाध्यक्षमा बालकृष्ण सुबेदी, सचिबमा सुरत केसी, उपसचिबमा थमसरा पुन र राजकुमार थापा चयन हुनुभएको एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष कटुवाल र उपाध्यक्ष सुबेदी आठौ अधिबेशनबाट चयन भएको जिल्ला कमिटिको उपाध्यक्ष र सचिब हुनुहुन्थ्यो । सचिब केसी, उपसचिब पुन र थापाद्धय यसअघिको कार्यकालको जिल्ला कमिटिको सचिवालय सदस्य हुनुहुन्थ्यो ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समितिका प्रमुख रहेका केसी बि.स. २०५४ को स्थानीय चुनावमा तत्कालीन भगवति गाबिसको अध्यक्षमा निर्बाचित हुनुभएको थियो । स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा लाग्नुभएका केसी रघुगंगा गाउँपालिका–२ भगवतिका हुनुहुन्छ ।

Bhautik ministry notice about road

शिक्षण पेशाबाट राजनीतिमा आएका रघुगंगा गाउँपालिका–३ का सचिब सुबेदीले शिक्षक, युवा संगठन हुदै पार्टी राजनीतिमा आउनुभएको थियो । धवलागिरी गाउँपालिकाको जननिर्बाचित अध्यक्ष पुन अनेमसंघ क्रान्तिकारीको केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष हुनुहुन्छ ।

“साधारण सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिल्ला कमिटिका सदस्य चयन गर्ने जिम्मेवारी दिएका थियौ,” इञ्चार्ज थापाले भन्नुभयो “पालिका कमिटिको सिफारिसको आधारमा जिल्ला सदस्यहरु पनि सर्बसम्मत चयन भएको छ ।”

शुक्रबारदेखि शुरु भएको अधिबेशनमा अध्यक्षमा केसी र सुबेदीले दाबी गर्नुभएको थियो । स्थायी कमिटि सदस्य थममाया थापाको नेतृत्वमा रहेको ९ सदस्यीय अध्यक्ष मण्डलले पदाधीकारीका आकाक्षीहरुबीच सहमति जुटाएको हो ।

भेग र क्षेत्रीय प्रतिनिधित्वको सन्तुलन मिलाउन पालिकालाई सदस्य छान्ने अधिकार दिएको निबर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । शनिबार भएको बन्दसत्रमा जिल्ला अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक र राजनीति तथा आर्थिक बिभाग प्रमुख प्रमोद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित भएको थियो ।

विभिन्न आठ वटा समूह बनाएर छलफल गरि सुझाव पेश गरेका थिए । समूहगत छलफलका टोली नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न र आगामी चुनाव जित्ने गरी तयारी थाल्न नेतृत्वलाई सुझाव दिएका थिए । जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिबेशनमा ५१० जना प्रतिनिधी सहभागी थिए । ९० सदस्यीय जिल्ला कमिटिमा २८ जना महिला चुनिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...