लोकदिप सहकारीको साधारणसभा

Gandaki Pardesh notice

बेनी । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिब ओमप्रसाद शर्माको प्रगति, कोषाध्यक्ष देबेन्द्र पौडेलको आर्थिक, लेखा समिति सदस्य लक्ष्मण शर्माको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत, सचिब ओमप्रसाद शर्माको सञ्चालन र जेष्ठ सदस्य पुस्कलबहादुर जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा शिक्षा उपसमिति संयोजक खोमराज उपाध्याय र शेयर सदस्य प्रेम नेपालीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संस्थामा ७५० जना शेयर सदस्य छन् । उत्कृष्ट कारोबार गर्ने गंगे दर्जी र तेजबहादुर भण्डारीलाई दोसल्ला सम्मानपत्र करुवा सहित सम्मान गरिएको थियो । कर्मचारी संगिताकुमारी सुबेदी सापकोटालाई सम्मानपत्र र दोसल्ला, नगद सहित सम्मान गरिएको थियो ।

गत आर्थिक बर्ष २०७७ र २०७८ मा रु. १६ करोड ४३ लाख ३१ हजार ११५ बराबरको कारोबार गरेको संस्थाले रु. १४ करोड चार लाख पच्चिस हजार ४९८ लगानी लगानी गरेको थियो । मन्तब्य ब्यक्त गर्दै अध्यक्ष गौतमले कार्यक्षेत्र बिस्तार र पुजिँ बृद्धी गर्ने योजना सुनाउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...