एमाले म्याग्दीको जिल्ला सदस्य छान्ने जिम्मा पालिका कमिटिलाई

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले म्याग्दीले जिल्ला कमिटिको सदस्य चयन गर्ने जिम्मा पालिका कमिटिहरुलाई दिएको छ ।

सदरमुकाम बेनीमा जारी नबौ जिल्ला अधिबेशनबाट चयन हुने सदस्य चयन गर्न सदस्य संख्याको आधारमा कलस्टर बाँडेर पालिका कमिटिलाई जिम्मेवारी दिएको छ ।

खुला, महिला, दलित, जनजाती र खसआर्यको कोटा बाँडेर पालिका कमिटिलाई सदस्य छनौट गरेर जिल्ला कमिटिमा सिफारिस गर्न जिम्मेवारी दिएको अधिबेशनको प्रचारप्रसार संयोजक सुरत केसीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“सहमतिमा नेतृत्व र पदाधीकारी चयनका लागि अध्यक्ष मण्डलले आकाक्षीहरुसँग छलफल गर्नुभएको छ,” उहाँले भन्नुभयो “कोटा तोकेर पालिका कमिटिलाई सदस्य सिफारिस गर्ने जिम्मेवारी दिएका छौ । सर्बसम्मत हुन नसके जिल्ला भरका प्रतिनिधीले मतदान गरेर छनौट हुन्छ ।”

आइतबार बिहान ८ बजेदेखि अधिबेशनको नेतृत्व चयनको प्रक्रिया शुरु गर्ने निर्णय गर्दै अधिबेशन स्थगित भएको छ । भेग र क्षेत्रीय प्रतिनिधित्वको सन्तुलन मिलाउन पालिकालाई सदस्य छान्ने अधिकारी दिएको प्रचार समिति संयोजक केसीले बताउनुभयो ।

Bhautik ministry notice about road

सदरमुकाम बेनी र आसपासबाट बढी प्रतिनिधित्व भएको भन्दै प्रतिनिधिले गुनासो गरेपछि पालिकागत रुपमा सदस्य संख्याको आधारमा जिल्ला कमिटिमा प्रतिनिधित्व गर्नेको कोटा तोकिएको नेताहरुले बताएका छन् ।

शनिबार भएको बन्दसत्रमा जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक र राजनीति तथा आर्थिक बिभाग प्रमुख प्रमोद श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन पारित भएको छ ।

विभिन्न आठ वटा समूह बनाएर छलफल गरि सुझाव पेश गरेका थिए । समूहगत छलफलका टोली नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न र आगामी चुनाव जित्ने गरी तयारी थाल्न नेतृत्वलाई सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको अधिबेशनमा ५१० जना प्रतिनिधी सहभागी छन् । अध्यक्षमा बर्तमान समितिका उपाध्यक्ष देबेन्द्रबहादुर केसी र सचिब बालकृष्ण सुबेदीले दावी गर्नुभएको छ । सचिबमा सचिवालय सदस्यहरु सुरत केसी, प्रमोद श्रेष्ठ र राजकुमार थापाले दाबी गर्नुभएको छ ।

उपसचिबमा धवलागिरी गाउँपालिकाका अध्यक्ष समेत रहेकी सचिवालय सदस्य थमसरा पुनले दाबी गर्नुभएको छ । ९० सदस्यीय जिल्ला कमिटिमा २८ जना महिला हुनुपर्नेछ । अध्यक्ष, उपाध्यक्ष र सचिब एक एक तथा दुई जना उपसचिब चयन हुनेछन् । प्रतिनिधीहरुले पार्टीलाई बलियो बनाउन सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...