गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी

Gandaki Pardesh notice

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– ९ स्थित धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा माधबप्रसाद रेग्मी चयन हुनुभएको छ ।

गलेश्वरमा शनिबार भएको सातौ बिशेष अधिबेशन तथा १६ औ कार्यकारी सभाबाट चयन भएको समितिको उपाध्यक्षमा बमबहादुर पुन, सचिबमा बलबहादुर खत्री, कोषाध्यक्षमा कुमारी रोका रहनुभएको छ ।

सदस्यहरुमा आशिका पुर्जा, रबिन्द्र कार्की, पूर्णबहादुर बानिया, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टिकानन्द सुबेदी, धनप्रसाद रोका र हिराबहादुर बरुवाल चयन हुनुभएको कोषका कार्यालय सचिब राम बानियाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

अधिबेशन र साधारणसभाको उद्घाटन गर्दै कोषका प्रमुख संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गुठी संस्थानमा परेको उजुरी छानबिनका क्रममा पहिचान भएका कमजोरी सुधार गर्न बिशेष साधारणसभा गर्नुपर्ने लगायत १३ बुदे निर्देशन दिइएको बताउनुभयो ।

Bhautik ministry notice about road

प्रजिअ रानाले कोषको बिधान संसोधन गरेर समयसापेक्ष बनाउन, कोषको आम्दानीलाई धेरै सहकारीमा नराखी अक्षयकोष बनाएर बैंकमा राख्न, जडभरत संस्कृति माध्यमिक बिद्यालय, अन्नक्षेत्र, राधाकृष्ण मन्दीर र गलेश्वर बृद्धाश्रमलाई कोष अन्तरगत सञ्चालन गर्न निर्देशन दिनुभयो ।

बिशिष्ट अतिथि संरक्षक राधाकृष्ण पराजुलीका छोरा रमेश पराजुलीले गलेश्वरमा राजनीति छिर्न नदिई बिशुद्ध धार्मिक र सामाजिक संस्थाको रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । गत अधिबेशनबाट अध्यक्षमा निर्बाचित रुद्रबहादुर कार्कीको निधन भएको र उपाध्यक्ष भिमनाथ परालुलीले आफै पदाधीकारी भएको संस्थाका बिरुद्ध उजुरी गरेर बिवादमा तानिएपछि जेष्ठ सदस्यका हैसियतमा रेग्मीको अध्यक्षतामा बिशेष अधिबेशन बोलाइएको हो ।

गलेश्वर मन्दिरको छानोलाई पित्तललाई छाइनुका साथै कालीगण्डकीको पानी तानेर स्नान गर्ने खानेपानी आयोजना निर्माण गर्नुलाई कोषले पछिल्लो एक बर्षको उपलब्धी मानेको छ । कोरोना महामारीका कारण कोषको आम्दानी घट्दा संस्कृति बिद्यालय, अन्नक्षेत्र र जेष्ठ नागरिक आश्रम सञ्चालन गर्न समस्या भएको छ ।

दुई करोड सत्तरी लाख ३७ हजार ७७४ रुपैयाँ बचत रहेको कोषले चालु आर्थिक बर्षको लागि रु. तीन करोड ९४ लाख र आगामी आर्थिक बर्षका लागि रु. १२ करोड १८ लाख साठी हजारको आय ब्बय बिबरण प्रस्ताब गरेको छ । साउन देखि यता रु. दुई करोड बयानब्बे लाख दश हजार ९१ आम्दानी र रु. २१ लाख ७२ हजार ३१७ खर्च भएको छ । यस बर्ष १०८ धारामा कालीगण्डकीको पानी तानेर स्नान गर्ने ब्यवस्था मिलाउने योजना बनाएको छ ।

कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...