एमाले म्याग्दीको उपसचिबमा थमसरा पुनको दाबी

Gandaki Pardesh notice

बेनी । बेनीमा जारी नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने कमिटीमा महिला नेता थमसरा पुनले उपसचिबमा दाबी गर्नुभएको छ ।

धवलागिरी गाउँपालिकाको जननिर्बाचित अध्यक्ष समेत रहेकी अनेमसंघको केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष पुन एमाले म्याग्दीको हालको सचिवालय सदस्य हुनुहुन्छ ।

जिल्ला कमिटिमा दुई जना उपसचिब रहने ब्यवस्था छ । पदाधीकारीमा एक जना महिला रहने बिधानमा उल्लेख भएको र अहिलेसम्म अरुले उपसचिब र पदाधीकारीको अन्य पदमा दाबी नगरेकाले उहाँको बलीयो सम्भावना देखिएको छ ।

Shreekrishna hardwear in news

माओवादी धारबाट एमालेमा रहेका सुबास बिकले पनि पदाधीकारीमा दाबी गर्नुभएको छ । उहाँको नाम प्रदेश कमिटिमा रहेपनि सपथ लिन जानुभएको थिएन् । बिकले पनि उपसचिबमा दाबी गर्नुभएको उहाँ निकट एक कार्यकर्ताले बताउनुभयो ।

Bhautik ministry notice about road

यसैगरी जिल्ला सदस्यमा धवलागिरी गाउँपालिकाबाट वडा नम्बर ६ का इश्वर सुबेदीले दाबी गर्नुभएको छ । सुबेदी बिद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा अघि बढ्न खोज्नुभएको हो ।

शुक्रबारदेखि शुरु भएको नवौ जिल्ला अधिबेशनबाट चयन हुने कमिटीको अध्यक्षमा देबेन्द्र केसी र बालकृष्ण सुबेदीले दाबी गर्नुभएको छ । केसी अहिलेको कार्यसमितिको उपाध्यक्ष र सुबेदी सचिब हुनुहुन्छ ।

सचिबमा सचिवालय सदस्यहरु प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा आकाक्षी देखिनुभएको छ । हालका अध्यक्ष हरिकृष्ण श्रेष्ठ दुई कार्यकाल अध्यक्ष बनिसक्नुभएको छ ।

दुई पटक भन्दा बढी अध्यक्षमा रहन नपाउने बिधानको ब्यवस्थाका कारण श्रेष्ठले पदहस्तान्तरण गर्न लाग्नुभएको हो । ९० सदस्यीय जिल्ला कमिटिमा २८ जना महिला रहनेछन् । सर्बसम्मत नेतृत्व, पदाधीकारी र सदस्य चयन गर्न नेताहरु छलफलमा जुटेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...