काभ्रे भिरमा सडक बिस्तार गर्न बलास्टिङ शुरु

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा सडक बिस्तार गर्न शुक्रबारदेखि बलास्टिङ गर्न थालिएको छ ।

अक्करे भिरमा एक्साभेटर र मजदुरबाट सडक बिस्तार गर्न कठिन भएपछि बिस्फोटक पदार्थको प्रयोग गरेर चट्टान फुटाउन थालिएको हो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, बादरजुङ र घोप्टेभिरको अक्करे पहाडमा मार्ग खोलिएको एक किलोमिटर ६०० मिटर दुरिको सडकलाई चौडा पार्न बिस्फोटक पदार्थको प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

नेपाली सेनाको निगरानीमा ठेकेदार कम्पनी शर्मा–गजुरमुखी जेभीले पहाडमा बिस्फोटक गराएर सडक बिस्तार गर्न थालेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । “मौज्दात रहेको दुई टन बिस्फोटक पदार्थ प्रयोग गरेर बलास्टिङ गर्न थालिएको हो,” उहाँले भन्नुभयो “थप दश मेट्रिक्टन बिस्फोटक पदार्थ खरिद गर्न ठेकेदारले स्विकृति पाइसकेको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अन्यत्र ११ मिटर फराकिलो बनाएपनि काभ्रेभीर क्षेत्रको सडकलाई दुईतर्फी सवारी चल्न सक्ने गरि ६ देखि ७ मिटर फराकिलो बनाउन लागिएको छ । यस क्षेत्रको सडकआयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले शुक्रबार ९८ वटा प्वालमा जिलेटिन राखेर बिस्फोट गराइएको थियो । बिस्फोटपछि खसेको ढुङ्गा पन्छाउन मजदुर र उपकरण परिचालन गर्ने ब्यवस्था मिलाइएको छ ।

थप बिस्फोटक पदार्थ आएपछि यातायात सञ्चालन गर्ने समयतालिका बनाएर बलास्टिङ गर्ने आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । पहाडमा बिस्फोटक गराउन तीन हजार भन्दा बढी प्वाल बनाइएको छ । पर्वतको मालढुङ्गादेखि कोरलासम्मको २०० किलोमिटर सडक स्तरोन्नति गर्न बि.स. २०७४ मा शुरु भएको आयोजनाको ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

राहुघाटदेखि तातोपानीसम्मको ६५ प्रतिशत, तातोपानीदेखि घासासम्मको ६० प्रतिशत, घासादेखि कोवाङसम्मको ८५ प्रतिशत र कोवाङदेखि जोमसोमसम्म ६३ प्रतिशत भौतिक प्रगती भएको छ । यस्तै मुस्ताङको घाँसादेखि कोवाङ १६ किलोमिटर र कोवाङदेखि जोमसोम १८ किलोमिटर सडक मध्ये दुबै खण्डमा २२ किलोमीटर सडकमा अक्सपाल्ट प्रबिधिको कालोपत्रे भएको छ ।

शर्मा गजुरमुखीले १२ किलोमिटर र पप्पु–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले आठ किलोमिटर सडक कालोपत्रे गरेको हो । बेनी–जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम–कोरला ११० किमी ७ खण्डमा ठेक्का लगाइएको छ ।

जोमसोम–कोरला ९५ प्रतिशत भौतिक प्रगती हँुदा बेनी–जोमसोम खण्डको प्रगति जम्मा ६५ प्रतिशत मात्र छ । जोमसोम–कोरला सडकको ७ प्याकेज मध्ये ६ वटा प्याकेजको काम सकिएको छ । ६५ प्रतिशत प्रगति भएको तामाङ–गौरी पार्वति–सप्तकोशी जेभीले ठेक्का लिएको २५ किलोमिटर दुरीको चराङ–छोसेर खण्ड दुई बर्षदेखि अलपत्र परेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...