बेनीमा एमाले म्याग्दीको नबौ अधिबेशन शुरु

Sinchai Khanipani notice

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशन सदरमुकाम बेनीमा शुक्रबारदेखि शुरु भएको छ ।

नेतृत्व चयनका लागि शुरु भएको अधिबेशनको उद्घाटन समारोह अघि बेनी बजारमा एमालेका नेता कार्यकर्ताहरुले बाजागाजा सहित ¥याली गरेका थिए । बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिमा पुगेपछि अधिबेशनको उद्घाटन समारोह शुरु भएको थियो ।

स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रिय सदस्य तथा इञ्चार्ज इञ्चार्ज भूपेन्द्रबहादुर थापा, सहइञ्चार्ज नरदेबी पुन, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Shreekrishna hardwear in news

जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिब बालकृष्ण सुबेदीको सञ्चालन र उपाध्यक्ष देबेन्द्र केसीको सञ्चालनमा उद्घाटन सत्र सञ्चालन भएको छ । तीन दिनसम्म चल्ने अधिबेशनमा ५१० जना प्रतिनधीहरु सहभागी छन् ।

Bhautik ministry notice about road

एमाले म्याग्दीको अध्यक्षमा वर्तमान उपाध्यक्ष देबेन्द्रबहादुर कटुवाल र सचिब बालकृष्ण सुबेदीले दाबी गर्नुभएको छ । सचिबमा सचिवालय सदस्य सुरत केसी, प्रमोद श्रेष्ठ र राजकुमार थापाले दाबी गर्नुभएको छ ।

आकाक्षीहरुको प्रस्तावको स्वागत गर्दै अधिबेशनका प्रतिनिधीहरुको अपेक्षा र सुझाव अनुसार सहमतिका लागि पहल गर्ने र सहमति जुट्न नसकेको अवस्थामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज भुपेन्द्र थापा, सहइञ्चार्ज नरदेबी पुन र अध्यक्ष श्रेष्ठ सहमतिमा नेतृत्व र पदाधीकारी चयन गर्ने पक्षमा हुनुहुनछ । २८ जना महिला सहित ९० सदस्यीय जिल्ला कमिटि चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई जना सहसचिब चयन हुनेछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...