डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता

Gandaki Pardesh notice

बेनी, नेपाल बिद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता भएको छ ।
मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सब स्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)ले पाएको हो । आयोजना प्रमुख रोशन अग्रवालले २६ मिलियन अमेरिकी डलरमा एलएनटीसँग ३१ डिसेम्बर २०२१ मा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
“आव्हान गरिएको अन्तराष्ट्रिय बोलपत्र प्रतिस्पर्धामा सबैभन्दा कम दर प्रस्ताव गरेको एलएनटीसँग सम्झौता गरिएको हो,” उहाँले भन्नुभयो “सम्झौता लगत्तै ठेकेदारले डिजाइन र सर्बेक्षणको काम शुरु गरेको छ ।” ठेक्का सम्झौताको अबधी ३० महिना छ ।
म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।
२५ किलोमिटर दुरिको १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ९० वटा टावर निर्माण हुनेछन् । डाडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जिआइएस प्रबिधीको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो ।
एशियाली बिकास बैंकको ऋणमा प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाडाखेतमा सबस्टेशन बनाउन चार बर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पुर्बाधार निर्माण भएको छ ।
दुबै ठाउँमा जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवन समेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् ।
संसारको सातौ अग्लो धवलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पुर्बाधार निर्माण शुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पुर्बाधार निर्माणको तयारी गरेका हुन् ।
सबस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धकहरु सक्रिय भएका मालिका गाउँपालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।
“नेपाल बिद्युत प्राधिकरणले डाडाँखेतमा सबस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौताको तयारी गरेसँगै जलबिद्युत आयोजना निर्माण अघि बढेका हुन,” उहाँले भन्नुभयो “दुई वटा आयोजनाले पुर्बाधार निर्माण शुरु गरिसकेका छन् भने, थप दुई वटा तयारीमा छन् ।”
गैरआवासीय नेपालीहरुको अगुवाईमा धौलागिरी कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलबिद्युत आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ । आयोजनाका इञ्जिनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प ब्यवस्थापन सकेर सुरुङको अडिट निर्माण शुरु गरेको जानकारी दिनुभयो ।
गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ । बाँध र बिद्युतगृह निर्माणको तयारी भएको छ । मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ ।
धवलागिरी गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजनाले बिस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।
हाइड्रो इम्पायरका अध्यक्ष जितबहादुर घर्तिले बिमको शिवरात्रीखोला देखि भारबाङ, कल्लेनी, छहरी हुदै बाँसबोट सम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्याक खोलिसकेको जानकारी दिनुभयो ।
धवलागिरी गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाको संरचना तयारी शुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक शुशील पोखरेलले निर्माण अघि बढाउन विद्युत विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताउनुभयो ।
अप्पर हाइड्रोपावर प्रा.ली काठमाडौलले धवलागिरी र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण स्थलमा सडक र बिद्युत सुबिधा पु¥याउने काम भैरहेको छ ।
धवलागिरी गाउँपालिका–४ मुदीको खाम्ला नजिकै बाँध र मालीका गाउँपालीका ७ बिमको भारवाङमा विद्युतगृह रहने आयोजना रन अफ द रिभर प्रकृतीको हो । पाँच किलोमिटर ५०० मिटर दुरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युतगृहमा खसालीने कम्पनीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...