एमाले म्याग्दीको अध्यक्षमा देबेन्द्र केसी र बालकृष्ण सुबेदीको दाबी

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनबाट चयन हुने नेतृत्वको चर्चा शुरु भएको छ ।

बेनीमा शुक्रबारदेखी शुरु हुने अधिबेशन नजिकिदै गर्दा नेतृत्वमा को आउँछ भन्ने चर्चा एमाले बृतमा चलेको छ । एमालेको अधिबेशनलाई राजनीनिकर्मीहरुले चासोका साथ हेरेका छन् ।

अहिलेका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एमाले म्याग्दीको दुई कार्यकाल नेतृत्व गरिसक्नु भएको छ । एमालेको बिधानमा भएको ब्यवस्था अनुसार श्रेष्ठले अध्यक्ष पद हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

Shreekrishna hardwear in news

एमाले म्याग्दीको अध्यक्षमा वर्तमान उपाध्यक्ष देबेन्द्रबहादुर कटुवाल र सचिब बालकृष्ण सुबेदीको चर्चा चलेको छ । दुबै जनाले अध्यक्षमा दाबी रहेको बताउनु भएको छ । यद्यपी केसी र सुबेदी बाहेक तेस्रो ब्यक्तिले पनि अध्यक्षमा दाबी गर्ने सम्भावना पनि छ ।

सचिबमा सचिवालय सदस्य राजकुमार थापा आकाक्षी देखिनु भएको छ । मगर समुदायका थापा युवा पुस्ताका नेता हुनुहुन्छ । एमाले म्याग्दीको अहिलेका उपसचिब देबबहादुर घले हुनुहुन्छ । एमालेका एक नेताका अनुसार पार्टीको बैठकमा नेतृत्वको बिषयमा बिहिबार साँझसम्म छलफल भएको छैन् ।

आकाक्षा ब्यक्त गरेपनि सहमतिमा नेतृत्व र कमिटी चयन होस भन्ने चाहना प्रतिनिधीहरुले देखाएका छन् । सहमति नभए मतदानको बिकल्प जाँदा आसन्न चुनावमा असर पुग्ने कार्यकर्ताको बुझाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख रहेका उपाध्यक्ष केसी रोलक्रम अनुसार सहमतिमा नेतृत्वका लागि तयारी गर्नुभएको छ । उहाँ तत्कालीन भगवति गाबिसको अध्यक्ष बन्न शिक्षकको स्थायी जागिर छाडेर राजनीतिमा होमिनुभएको थियो ।

सुबेदी बिद्यार्थी, शिक्षक, युवा संगठनको नेतृत्व गरेर पार्टीको राजनीतिमा आउनुभएको थियो । तत्कालीन नेकपा हुँदा प्रतिनिधिसभा बिघटनको बिरुद्धमा उभिनु भएका सुबेदी र थापा एमाले बिभाजनका क्रममा भने मुल पार्टीमै रहनु भएको छ । सुबेदी शिक्षकको जागिर छोडेर राजनीतिमा आउनुभएको हो ।

Bhautik ministry notice about road

आकाक्षीहरुको प्रस्तावको स्वागत गर्दै अधिबेशनका प्रतिनिधीहरुको अपेक्षा र सुझाव अनुसार सहमतिका लागि पहल गर्ने र सहमति जुट्न नसकेको अवस्थामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज भुपेन्द्र थापा, सहइञ्चार्ज नरदेबी पुन र अध्यक्ष श्रेष्ठ सहमतिमा नेतृत्व र पदाधीकारी चयन गर्ने पक्षमा हुनुहुनछ ।

२८ जना महिला सहित ९० सदस्यीय जिल्ला कमिटि चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई जना सहसचिब चयन हुनेछन् । अधिबेशनको तयारी पुरा भएको छ ।

नयाँ नेतृत्व चयनका साथै आगामी रणनीतिमा छलफल हुने अधिबेशनको जिल्ला अध्यक्ष श्रेष्ठको नेतृत्वमा बिभिन्न ९ वटा उपसमिति बनाएर तयारी गरिएको थियो । सबै उपसमिति मार्फत अधिबेशनको तयारी पुरा भएको र प्रतिनिधीहरु बेनीमा आउन थालेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

¥याली, सचिवालय, मञ्च, आर्थिक, प्रचारप्रसार, भोजन तथा आवास, सामग्री, स्वयमसेवक लगाएतका उपसिमिति मार्फत तयारी भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा अधिबेशनको उद्घाटन हुनुभन्दा अघि बेनी बजारमा ¥याली निकाल्ने कार्यक्रम तय भएको छ ।

अधिबेशनमा सहभागी हुने ४८२ जना छनौट भएर आएका र जिल्ला कमिटिले २७ जना मनोनित गरेको छ । छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । वडालाई निर्बाचन इकाई मानेर महिला र दलितका लागि दश सदस्य बराबर एक जना र अन्यका लागि पन्ध्र जना बराबर एक जना सदस्य छनौट गरिएको छ ।

मजदुरलाई पाँच जना बराबर एक, गाउँपालिका कमिटि र जनसंगठनबाट एक जना महिला सहित दुई÷दुई जना प्रतिनिधी चुनिएका छन् । जिल्ला कमिटिका पदाधीकारी र सदस्यहरु आयोजकका रुपमा प्रतिनिधी भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...