रत्नेचौरका गर्भवतिलाई पौष्टिक आहरा उपहार

Gandaki Pardesh notice

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा गर्भवतिलाई पौष्टिक आहरा उपहार दिने गरिएको छ ।
नियमित गर्भपरिक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसुति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्युनीकरण र मातृ शिशू स्वास्थ्यमा सुधार ल्याउन आमा समूहले पौष्टिक आहरा उपहार दिने गरेका हुन् ।
साबिक रत्नेचौर गाबिसको ९ वटा वडा स्तरमा स्वास्थ्य आमा समूह सक्रीय छन् । हरेक महिनाको तीन गते बस्ने बैठकमा गर्भवतिलाई रु. पाँच सय मूल्य बराबरको पौष्टिक आहरा उपहार दिने गरिएको संगम आमा समूहकी सदस्य अस्मिता बोगटीले जानकारी दिनुभयो ।
“गर्भवति भएको जानकारी पाएपछि अण्डा, गेडागुडी र सरसफाईका सामग्री उपहार दिने गरिएको छ” उहाँले भन्नुभयो “स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका र जनप्रतिनिधीहरुको समेत उपस्थितिमा बस्ने बैठकमा टोलका बिकास र सामाजिक गतिबिधी देखि हजार दिनका आमा बच्चाको स्वास्थ्य, पोषण र सरसफाईको बिषयमा छलफल गर्छौ ।”
समूहको बैठकमा सहभागी भएर सिकेको ज्ञानले बुहारी गर्भवति र सुत्केरी हुँदा स्याहार सुसार गर्न सजिलो भएको रत्नेचौरकी उपल्लाचौरकी देबी थापामगरले बताउनुभयो । उहाँकी बुहारी कमला दुई महिनाअघि सुत्केरी हुनुभएको थियो ।
आमा समुहको बैठकमा नियमित सहभागी हुने रत्नेचौर उपल्लाचौरकी सिता थापा दुई महिनाअघि सुत्केरी हुनुभएको थियो । आमा समुहले दिने सहयोगले गर्भवति अवस्थामा हौसला मिलेको, आत्मबल बढेको र सिकेका ज्ञान बच्चा र आफ्नो स्वास्थ्यका लागि उपयोगी भएको थापाले बताउनुभयो ।
रत्नेचौरका जनप्रतिनिधीहरुले आमा समूहको माग अनुसार पोषण प्रर्वद्धन र सचेतना अभिबृद्धीका लागि बजेटको समेत ब्यवस्था गरेका छन् । आमा समूहको सक्रीयता र पोषण सम्बन्धी कार्यक्रम बच्चा र आमाको स्वास्थ्य अवस्था सुधार तथा कुपोषण न्युनीकरणमा प्रभावकारी बनेको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।
उहाँले स्वास्थ्य स्वमसेविका प्रोत्साहन तथा पोषण सुधारका लागि चालु आर्थिक बर्षमा रु. एक लाख बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । बिगतका बर्षमा पनि सोही अनुपातमा बजेट बिनियोजन गरिएको थियो । सो बजेटबाट महिला स्वास्थ्य स्वमसेविकाहरुको क्षमता बिकासका साथै वडाका गर्भवतिहरुलाई पौष्टिक र सरसफाईका सामग्री लिएर जनप्रतिनिधीले घरभेट गर्ने गरिएको वडा अध्यक्ष रावलले बताउनुभयो । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमका कर्मचारी रामबहादुर खड्काले सहजिकरण गर्दै आउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...