राष्ट्रिय सेवा दलको ट्राफिक सचेतना कार्यक्रम

Gandaki Pardesh notice

बेनी । बेनी बजारमा बिहिबार बिद्यार्थीहरुले ट्राफिक सचेतनामुलक कार्यक्रम गरेका छन् ।

माउन्ट एभरेष्ट आवासीय माध्यमिक बिद्यालयको आयोजना, जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा राष्ट्रिय सेवा दलको तालिम लिइरहेका बिद्यार्थीहरुले सचेतनामुलक कार्यक्रम गरेका हुन् ।

Bhautik ministry notice about road

सन्देशमुलक प्ले कार्ड बोकेका बिद्यार्थी र सुरक्षाकर्मीले बेनी बजारमा लागू गरिएको एकतर्फि सवारी सञ्चालन गर्ने निर्णय कार्यान्वयन गर्न आग्रह गरेका माउन्ट एभरेष्टका शिक्षक कल्याण सुबेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि शुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै प्रशासन कार्यालय अगाडी पुगेर सकिएको थियो । ¥यालीमा सहभागी बिद्यार्थीहरुले सार्वजनिक स्थानको सरसफाई पनि गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...