एमाले म्याग्दीको नबौ अधिबेशनको तयारी पुरा, अध्यक्षमा सुबेदी र सचिबमा थापाको उमेद्वारी घोषणा

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले म्याग्दीको शुक्रबारदेखि बेनीमा शुरु हुने नवौ जिल्ला अधिबेशनको तयारी पुरा भएको छ ।

नयाँ नेतृत्व चयनका साथै आगामी रणनीतिमा छलफल हुने अधिबेशनको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको नेतृत्वमा बिभिन्न ९ वटा उपसमिति बनाएर तयारी गरिएको थियो । सबै उपसमिति मार्फत अधिबेशनको तयारी पुरा भएको र प्रतिनिधीहरु बेनीमा आउन थालेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

¥याली, सचिवालय, मञ्च, आर्थिक, प्रचारप्रसार, भोजन तथा आवास, सामग्री, स्वयमसेवक लगाएतका उपसिमिति मार्फत तयारी भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा अधिबेशनको उद्घाटन हुनुभन्दा अघि बेनी बजारमा ¥याली निकाल्ने कार्यक्रम तय भएको छ ।

Shreekrishna hardwear in news

अधिबेशनमा सहभागी हुने ४८२ जना छनौट भएर आएका र जिल्ला कमिटिले २७ जना मनोनित गरेको छ । छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । वडालाई निर्बाचन इकाई मानेर महिला र दलितका लागि दश सदस्य बराबर एक जना र अन्यका लागि पन्ध्र जना बराबर एक जना सदस्य छनौट गरिएको छ ।

मजदुरलाई पाँच जना बराबर एक, गाउँपालिका कमिटि र जनसंगठनबाट एक जना महिला सहित दुई÷दुई जना प्रतिनिधी चुनिएका छन् । जिल्ला कमिटिका पदाधीकारी र सदस्यहरु आयोजकका रुपमा प्रतिनिधी भएका छन् । २८ जना महिला सहित ९० सदस्यीय जिल्ला कमिटि चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई जना सहसचिब चयन हुनेछन् ।

Bhautik ministry notice about road

अधिबेशनबाट चयन हुने अध्यक्षमा बर्तमान उपाध्यक्ष देबेन्द्र केसी, सचिब बालकृष्ण सुबेदी र सचिबमा सचिवालय सदस्य राजकुमार थापा आकाक्षी देखिनु भएको छ । सुबेदी बिद्यार्थी, शिक्षक, युवा संगठनको नेतृत्व गरेर पार्टीको राजनीतिमा आउनुभएको थियो ।

तत्कालीन नेकपा हुँदा प्रतिनिधिसभा बिघटनको बिरुद्धमा उभिनु भएका सुबेदी र थापा एमाले बिभाजनका क्रममा भने मुल पार्टीमै रहनु भएको छ । सुबेदी शिक्षकको जागिर छोडेर राजनीतिमा आउनुभएको हो । मगर समुदायका थापा युवा पुस्ताका नेता हुनुहुन्छ ।

दुई पटक भन्दा बढी नेतृत्व गर्न नपाउने बिधानको ब्यवस्थाका कारण अध्यक्ष श्रेष्ठले पद हस्तान्तरण गर्दै हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख रहेका उपाध्यक्ष केसी रोलक्रम अनुसार सहमतिमा नेतृत्वका लागि तयारी गर्नुभएको छ । उहाँ तत्कालीन भगवति गाबिसको अध्यक्ष बन्न शिक्षकको स्थायी जागिर छाडेर राजनीतिमा होमिनुभएको थियो ।

आकाक्षीहरुको प्रस्तावको स्वागत गर्दै अधिबेशनका प्रतिनिधीहरुको अपेक्षा र सुझाव अनुसार सहमतिका लागि पहल गर्ने र सहमति जुट्न नसकेको अवस्थामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...