म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

Sinchai Khanipani notice

बेनी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफुल सुन्तलाको यस बर्ष उत्पादन बढेको छ ।

गत बर्षको तुलनामा चार दशमलब ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले गत बर्षको तुलनामा एक सय मेट्रिक्टन सुन्तला उत्पादन बढेको जानकारी दिनुभयो ।

“क्षेत्रफल बढेको, अनुकुल मौसम र फल झार्ने औसा नियन्त्रणको प्रयासका कारण उत्पादन बढाउन सहयोग पुगेको हो,” उहाँले भन्नुभयो “म्याग्दीमा उत्पादन भएको ८० प्रतिशत सुन्तला बजारमा निकासी भइसकेको छ ।”

Shreekrishna hardwear in news

गत बर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदा दुई हजार असी मेट्रिक्टन उत्पादन भएको थियो । यस बर्ष ३५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक्टन उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

Bhautik ministry notice about road

कृषकले बिक्री गरेको सरदर मूल्यको आधारमा जिल्लाभर रु. तेह् करोड बराबरको सुन्तला उत्पादन भएको छ । प्रतिकिलो रु. ५० देखि रु. ८० का दरले सुन्तला बिक्री गरेका छन् । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् ।

७०६ हेक्टरमा सुन्तला जात फलफुलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौमा निकासी हुन्छ । ब्यापारी बगैचामै आएर सुन्तला खरिद गरेर बजार लगेका बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताउनुभयो । पुरै गाउँमा सुन्तला खेती भएको राखुबाट करिब रु. एक करोड पचास लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।

सुन्तला खेतीमा चुनौतिका रुपमा देखिएको दानाभित्र औसा परेर झर्ने समस्या नियन्त्रणका लागि झरेका दाना ब्यवस्थापन र पासो थाप्ने ज्ञान, सिप र प्रबिधी सिकाउन स्थलगत तालिम सञ्चालन गरिएको छ ।

गत बर्ष प्रोट्रिन बेटको खाद्य पासो राखेको र झरेका दाना ब्यवस्थापन भएको बगैचामा यसपाली किराको प्रकोप घटेकाले अभियानलाई बिस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राबिधिक जुटेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...