न्यू धौलागिरिको साधारणसभा

Gandaki Kotihome

तातोपानी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा भएको छ ।

सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले उद्घाटन गर्नुभएको साधारणसभा र सातौ अधिबेशनबाट संस्थाको नयाँ सञ्चालक समिति चयन हुनेछ् ।

पाँच हजार १७८ जना सदस्यको रु. सात करोड ६९ लाख ६७ हजार सेयर पुजिँ रहेको सहकारीले गत आर्थिक बर्षमा रु. ७६ करोड ८४ लाख ८६ हजार ५४२ बचत, रु. ६३ करोड नौ लाख ९४ हजार ३३३ लगानी गरेको छ ।

Shreekrishna

साधारणसभामा रजिष्टार पराजुलीले सहकारी मूल्य, मान्यता, सिद्धान्त र प्रचलित कानुन अनुशरण गर्दै सहकारीको लगानी उत्पादन, रोजगारी, उद्यमशिलताको विकास, सदस्यहरुको आयआर्जन बृद्धि, सामाजिक र सास्कृतिक उन्नतीसंगै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउन आग्रह गर्नुभयो ।

Annapurna aarohan ko notice

मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले सहकारी र स्थानीय तह मिलेर उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । अध्यक्ष लिलाबहादुर बानियाले बेनीमा केन्द्रिय कार्यालय सहित बाबियाचौर, तातोपानी, पोखरेबगर र पर्वतको मल्लाजमा सेवा केन्द्र विस्तार गरेको बताउनुभयो ।

“बागलुङ, पर्वत र कास्कीसंगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने योजना छ,” उहाँले भन्नुभयो “आगामी आर्थिक बर्षमा संस्थाको बचत १ अरव पु¥याउने योजनासंगै मोवाईल बैकिङ्क र एटिम सेवा विस्तार गर्ने योजना बनाएका छौ ।”

उत्कृष्ट कारोबार गर्ने सेवा केन्द्र तातोपानी शाखाका संयोजक तुलप्रसाद श्रेष्ठ, प्रबन्धक नरबहादुर थापा, पाच जना सेयर सदस्यलाई सम्मान गरेको थियो । म्याग्दी बहुमुखी क्याम्पसका छात्र सोमप्रसाद सापकोटालाई नगद रु. १५ हजार ५०० छात्रवृत्ति बितरण गरिएको थियो ।

कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, बेनी नगरपालिका –४ का वडा अध्यक्ष गोविन्द पौडेल, शेयर सदस्य टिकाराम आचार्य र हिरा शर्माले मन्तव्य ब्यक्त गर्नुभएको थियो । अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत मन्तव्य, सचिव रामजीप्रसाद सुवेदीको संचालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...