एमाले म्याग्दीको नवौ जिल्ला अधिबेशनका लागि ४५० प्रतिनिधी छानिए

Sinchai Khanipani notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले म्याग्दीको यही पुष २३ गते हुने नवौ जिल्ला अधिबेशनका लागि ४५० जना प्रतिनिधी छनौट भएका छन् ।

छ वटा स्थानीय तह, ४५ वटा वडा, आयोजक र जनसंगठनबाट सर्बसम्मत प्रतिनिधी छनौट भएका हुन् । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला अधिबेशनका लागि ४५० जना प्रतिनिधी छनौट भएका जानकारी दिनुभयो ।

वडालाई निर्बाचन इकाई मानेर महिला र दलितका लागि दश सदस्य बराबर एक जना र अन्यका लागि पन्ध्र जना बराबर एक जना सदस्य छनौट गरिएको छ । मजदुरलाई पाँच जना बराबर एक, गाउँपालिका कमिटि र जनसंगठनबाट एक जना महिला सहित दुई÷दुई जना प्रतिनिधी चुनिएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

छनौट भएका मध्य कुल पाँच प्रतिशत जिल्ला कमिटिले मनोनित गरेको हो । जिल्ला कमिटिका पदाधीकारी र सदस्यहरु आयोजकका रुपमा प्रतिनिधी भएका छन् । जिल्ला अधिबेशनको प्रचार बिभाग प्रमुख सुरज केसीले बिभिन्न उपसमिति बनाएर तयारीलाई तिब्र बनाएको जानकारी दिनुभयो ।

¥यालि, सचिवालय, मञ्च, आर्थिक, प्रचारप्रसार, भोजन तथा आवास, सामग्री, स्वयमसेवक लगाएतका उपसिमिति मार्फत तयारी गरिएको केसीले बताउनुभयो । एमालेका जिल्ला अध्यक्ष श्रेष्ठले राजनीतिक तथा सांगठनिक र सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठले आर्थिक प्रतिवेदन लेखनमा जुट्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...