म्याग्दी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना

Gandaki Pardesh notice

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ ।

समुदायद्धारा सञ्चालित क्याम्पसको सोमबार बेनीमा सम्पन्न ११ औ अधिबेशनले अघिल्लो समितिका उपाध्यक्ष ढुङ्गानाको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति चयन गरेको हो ।

३१ औ बार्षिकोत्सवको अवसर पारेर आइतबारदेखि २० औ क्याम्पस सभा तथा अधिबेशन शुरु भएको थियो । समितिको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ (दिपु) र कोषाध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

सदस्यहरूमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ, अजयमिलन श्रेष्ठ, मिनबहादुर कार्की, सन्तोष रावल, किरण सापकोटा, दिपक कार्की र देउप्रसाद छन्त्याल चयन हुनुभएको छ ।

पदाधिकारीको चयन सञ्चालक समितिको पहिलो वैठकबाट निर्णय गरिने व्यवस्था भएपनि सभाका सदस्यहरुको सहमतिका आधारमा पदाधीकारीको टुङ्गो लगाइएको हो । सञ्चालक समितिको सदस्य सचिबमा क्याम्पस प्रमुख रहने बिधानमा ब्यवस्था छ ।

Bhautik ministry notice about road

निर्बाचन समितिका संयोजक सुर्दशनकुमार श्रेष्ठ, सदस्यहरु ठहरबहादुर भण्डारी र सागरजिबी उपाध्ययले निर्बाचित भएको प्रमाणपत्र बितरण गर्नुभएको थियो । प्रमाणपत्र बितरण कार्यक्रममा संबिधानसभा सदस्य गोबिन्द पौडेल, गण्डकी प्रदेश सांसद बिनोद केसी, संरक्षक तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, निबर्तमान अध्यक्ष बालकृष्ण सुबेदी, पुर्ब अध्यक्ष सुवासकुमार श्रेष्ठ, शिबकुमार कटुवाल लगायत उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा आइतबार भएको अधिबेशन उद्घाटन कार्यक्रममा प्रदेश सांसद नरदेबी पुन, जिसस प्रमुख देबेन्द्रबहादुर कटुवाल लगायत उपस्थित हुनुभएको थियो । दुई बर्षअघि बिश्व बिद्यालय अनुदान आयोगबाट क्युएए पाएको, बि.स. २०४८ मा स्थापना भएको क्याम्पसमा हाल एक हजार चार सय जना बिद्यार्थी छन् ।

शिक्षा, मानबिकी र ब्यवस्थापन संकायमा कक्षा ११ देखि स्नातक, शिक्षा र ब्यवस्थापन संकायमा स्नाकोत्तर तहको पठनपाठन हुने गरेको छ । स्नातक तह शिक्षा शास्त्र संकायतर्फ सेमेष्टर प्रणालीमा बिआईसीटीई र बार्षिक प्रणाली अन्तरगत बिज्ञान बिषय तथा स्नातकोत्तर तहमा अंग्रेजी बिषय थप गर्न त्रिभुवन बिश्व बिद्यालयले अनुमति दिएको छ ।

क्युएएको मान्यता पाएपछि शैक्षिक र भौतिक बिकासमा फड्को मारेको म्याग्दी क्याम्पसमा बढेको बिद्यार्थीको आकर्षणले उत्साहित बनाएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताउनुभयो ।नबनिर्बाचित अध्यक्ष ढुङ्गानाले म्याग्दी क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागि शुरु भएका प्रयासलाई निरन्तरता दिदै गुरुयोजना अनुसार थप कार्यक्रम भित्र्याउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सर्बसम्मत समिति चयनमा सघाउने सबैलाई धन्यवाद दिदै क्याम्पसलाई अघी बढाउन सबैसँग सहकार्य गर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...