बेनीको मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माणाधिन घरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ ।

तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२÷३३ बर्षका कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिनुभयो । घाइते पुनलाई प्रहरी र स्थानीयबासीले उद्दार गरेर अस्पताल पठाएका थिए ।

Shreekrishna hardwear in news

मृतक पुन सो घर निर्माणमा मजदुरको रुपमा काम गर्नुहुन्थ्यो । मृतकको शब परिक्षणका लागि बेनी अस्पतालको शबगृहमा राखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...