तातोपानीमा पत्रकारिता तालिम सम्पन्न

Sinchai Khanipani notice

तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा सोमबार म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम सम्पन्न भएको छ ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, जिल्ला समन्वय समिति म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा शनिबारदेखि तालिम शुरु भएको थियो ।

४१ जना सहभागी तालिमको समापन गर्दै रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जिम्मेवार, बिश्वसनीय, मर्यादित, तत्थ्यपरक, खोजमुलक पत्रकारितामा जोड दिनुभयो । पत्रकारिताको प्रर्वद्धन र स्थानीय सञ्चार माध्यमको सवलीकरणमा गाउँपालिका सहयोग गर्न तप्पर रहेको अध्यक्ष भण्डारीको भनाई थियो ।

Shreekrishna hardwear in news

नागरिक अधिकारका साथसाथै राज्यका निकायलाई खबरदारी गर्ने सञ्चार माध्यमको भूमिका प्रभावकारी बनाउन क्षमता बिकास तालिम सहयोगी बनेको सहभागी कृष्ण जिसी र रेखाकौशल रेग्मीले बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले शुसासन, पारदर्शिता, बिकास र सेवा प्रवाहलाई पभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत बनाउनुका साथै सकारात्मक कार्यको प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष सोनी शर्माले प्रबिधीको प्रयोगसँगै पत्रकारितालाई बिबिधीकरण गर्न तालिम सञ्चालित गरिएको बताउनुभयो । पत्रकारितामा औपचारिकता र कपी पेस्टको समस्या हटाउदै मौलिकता र सिर्जनशिल सिपको बिकास गर्नुपर्ने पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

प्रदेश सरकारको गण्डकीका ११ वटै जिल्लाका पत्रकारलाई तालिम दिने कार्यक्रम अन्तरगत यसअघि नवलपुर र बाग्लुङमा तालिम सम्पन्न भएको महासंघका प्रदेश महासचिब गोबिन्द सुबेदीले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन भएको तालिमको महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का कास्की संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो । खोज, फिचर, फोटो र भिडियो सम्बन्धी प्राबिधिक तथा ब्यवहारिक ज्ञानसिप प्रदान गरिएको महासचिब सुबेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...