ओखरबोटमा मगर भाषा प्रशिक्षण सुरु

Gandaki Ghumau

ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि नेपाल मगर संघ इकाई समिति ओखरबोटले आयोजना गरेको तालिमको वडा अध्यक्ष दिलिपकुमार शेरचनले शनिबार उद्घाटन गर्नुभयो ।

Gunasthariya Shiksya

हराउँदै गएको भाषा जगेर्ना र संरक्षण गर्नुपर्नेमा वडा अध्यक्ष शेरचनले जोड दिनुभयो । “प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो “भाषा संगै मगर समुदायको संस्कृति संरक्षण गर्न युवा पुस्ताले चासो दिनुपर्छ ।”

Shreekrishna

वडा सदस्य याम बहादुर पुन, नेपाली कांग्रेस वडा इकाई सभापति तमबहादुर पुन, नेकपा माओवादी केन्द्र वडा अध्यक्ष रेशम पुन, मगर संघका सल्लाहकार नबिन पुन, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रेम बुढामगरले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
६० जनाको सहभागिता रहेको तालिममा थमन थापा मगरले ढुट भाषा सम्बन्धी आधारभुत बिषयमा प्रशिक्षण दिनुहुने जनाइएको छ । मगर संघ इकाई समितिका सचिव तुलप्रसाद पुनले मगर भाषा जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले प्रशिक्षण सुरु भएको बताउनुभयो । भाषा प्रशिक्षण कक्षा संचालनका लागि वडाले रु. पचास हजार बिनियोजन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...