सन्दिप खत्रीको अध्यक्षमा म्याग्दी जेसिजको सर्बसम्मत नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी । म्याग्दी जेसिजको बर्ष २०२२ को शाखा अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ ।

बेनीस्थित जेसिज कार्यालयमा शनिबार भएको २२ औ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट खत्रीको नेतृत्वमा कार्यसमिति चयन भएको हो । खत्री म्याग्दी जेसिजको बर्ष २०२१ को बरिष्ठ उपाध्यक्ष हुनुहुनथ्यो ।

Bhautik ministry notice about road

अध्यक्षमा खत्रीको मात्र उमेद्वारी परेपछि सर्बसम्मत नेतृत्व चयन भएको निर्बाचन समितिका सदस्य खम थापामगरले बताउनुभयो । समितिको बरिष्ठ उपाध्यक्षमा हरि भण्डारी, कार्यकारिणी उपाध्यक्षमा दिनेश बानियाँ, कुमार बानियाँ, महासचिवमा बिस्मा श्रेष्ठ, कानुनी सल्लाहकारमा सुजन बरुवाल, उपाध्यक्षमा नवीन खत्री, सज्जजन श्रेष्ठ, अनिल पौडेल र बिनोद घर्ति चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

निर्वाचन अधिकृत सुजन बरुवालका अनुसार कोषाध्यक्षमा सुमन बानियाँ, शाखा सम्पादकमा दिनेश कुमार बिस्वकर्मा, सहसचिबमा सुनिता श्रेष्ठ, सह–कोषाध्यक्षमा सुपृया केसी, थिम डाइरेक्टरमा लोकनाथ भट्टराई र तालिम संयोजक कृष्णप्रसाद पौडेल रहनुभएको छ ।

युवाहरुको नेतृत्व तथा क्षमता बिकासका साथै खेलकुद, संस्कृति, शिक्षा, स्वास्थ्य, बिपद् ब्यवस्थापन लगायत सामाजिक काम गर्दै आएको जेसिजको अध्यक्ष चयन भएका खत्रीले सर्बसम्मत बनाउन सहयोग गर्नेलाई धन्यवाद दिदै रचनात्मक र सिर्जनशिल क्रियाकलाप गर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...