ज्योति आधारभूतका प्र.अ.माथि आक्रमणको प्रयास र कार्यकक्ष तोडफोड

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयमा धारिलो हतियार सहित पुगेका एक ब्यक्तिले शुक्रबार प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड भएको छ ।

प्रअ मिनबहादुर खत्री बस्ने कुर्चि र टेबलमा खुकुरी प्रहार गर्दै तोडफोडमा उत्रिएका बेनी नगरपालिका–५ डडुवाका सुवास कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

पठनपाठन चलिरहेको समयमा मादक पदार्थ सेवन गरेर खुकुरी नचाउदै बिद्यालयमा पुगेका कार्कीले आक्रमणको प्रयास गरेको प्रअ खत्रीले बताउनुभएको छ । कार्कीलाई बिद्यालयका अन्य शिक्षकहरुले नियन्त्रणमा लिएर घरमा लगेर छोडी प्रहरीलाई जानकारी गराएका थिए ।

Shreekrishna hardwear in news

बिद्यालयको तर्फबाट परेको जाहेरीका आधारमा कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । प्र.अ. खत्रीमाथी भएको आक्रमणको नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले बिज्ञप्ति मार्फत भत्र्सना र दोषी उपर कारबाहीको माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...